भिडियो

कार्टुनमा भेटिएकी नानीको न्वारन हुँदै : प्राप्तिका नाम राखियो , यीनै हुन प्राप्तिकाको जिम्मालिने महान जोडी

विस्कुटको कार्टुनमा राखेर छोडेकी सानी नानीले अन्तत बुवा आमा मात्र पाईन । उनको यही आईतबार न्वारन पनि हुँदैछ । पुस्पा अधिकारीको जोडीलाई उनले बुवा आमाको रुपमा पाएकी छिन । उनको नाम पनि जुराईएको छ भने नाम प्राप्तिका राखिएको छ । स्वास्थ्यमा केही समस्या नआओस भनी उनलाई आजै स्वास्थ्य जाचका लागि कान्तीबाल अस्पातलमा देखाईयो ।

जस्ले नानीलाई त्यस्तो अवस्थामा छोड्यो उनलाई जन्मदिने आमा रातभरी दु:खले ननदियाको हुनुपर्छ र म पनि त्यसै गरी छोरी पाएको खुशीले ननिदाएको पुस्पा बताउछिन । १५ जना अन्य छोरी हेरिरहेकी पुष्पले प्राप्तिकाको हेरचाहमा कुनै कसुर बाँकी नराख्ने पनि बताईन । यही आउदो मङ्सिरमा उनको पास्नी पनि गर्ने जानकारी उनले दीईन ।

Related Articles

Back to top button
Close