समाचार

सरिता गिरी बल्ल आइन लाईनमा, भारतबाटै गरिन यस्तो घोषणा !

नेपालको स्वाभिमान र राष्ट्रिय अखण्डतामाथि धावा बोल्ने सरिता गिरी बल्ल लाईनमा आएकी छन् । नेपालको नयाँ नक्सा जारी गर्नका लागि भारतलाई सोध्नुपर्छ भन्ने अभिव्यक्तीबाट विवादित बनेकी मधेशवादी दल जनता समाजवादी पार्टीकी तत्कालिन सांसद गिरीले देशद्रोही सम्मको आरोप खेपिन् उनका अभिव्यक्ती र गतिविधी हेर्दा जुन स्वभाविक नै थियो ।

सरिता गिरीलाई सांसद पदबाट हटाउने जनता समाजवादी पार्टीको निर्णय कार्यान्वयन रोक्न सर्वोच्चले अस्वीकार गरिदिएको पछि उनको सांसद पद फिर्ता हुने कुनै सम्भावना छैन् ।
सर्वोच्चले गिरीलाई हटाउने पार्टीको निर्णय विधिसम्मत देखिएको भन्दै अन्तरिम आदेशमार्फत् निर्णय कार्यान्वयन यथास्थितिमा राख्नुपर्ने अवस्था नरहेको भनेको छ ।

अदालतको यस्तो आदेशसँगै सांसद पद जोगाउने गिरीको प्रयास यो मुद्दाको अन्तिम फैसला नभएसम्मका लागि टरेको छ । अब यो निवेदनको अन्तिम टुंगो लाग्दा अदालतले पार्टीको निर्णयलाई अवैध ठहर गरेमा मात्र गिरी सांसद पदमा फर्कन पाउनेछिन् ।

यसैबीच, गिरीले पार्टीगत राजनीतिबाट केही समय अलग बस्ने घोषणा गरेकी छन् । अलग बस्ने घोषणा मात्रै होईन अब समाजसेवामा लाग्ने समेत उनले बताएकी छन् । त्यसो भए अब तपाईंको राजनीति के हुन्छ ? कि नयाँ पार्टी खोल्नतिर लाग्नुहुन्छ ? भन्ने एक चर्चित समाचार पोर्टलकर्मीले सोधेको प्रश्नमा जवाफ दिदैं गिरी भन्छिन्ः तत्काल म कुनै पार्टी खोल्न वा आवद्ध हुनतिर लाग्दिनँ । सन् १८१६ को सन्धिको आधारमा अब मधेसको हक, हित र अधिकारको बारेमा पहिला म एउटा सामाजिक संवाद सुरू गर्छु । म सामाजिक काममा अभ्यस्त हुन्छु ।

हेर्नुहोस् उक्त समाचार पोर्टलसँग गरिएको कुराकानीःः

तपाईंलाई सांसद पदबाट हटाउने पार्टीको निर्णय कार्यान्वयन रोक्न सर्वाेच्चले अस्वीकार गरेको छ, के भन्नुहुन्छ ?

पार्टीले मलाई सांसद पदबाट हटाएको विषयलाई गैरकानुनी भनेर मैले सर्वोच्चमा जुन निवेदन दिएकी थिएँ, उक्त निवेदनमा अन्तरिम आदेश भएको छैन । कानुन मेरै पक्षमा हुनुपर्ने हो । लिखितमा के हुन्छ, भोलि हेरौंला । त्यसैले अदालतको विषयमा म धेरै टिप्पणी गर्न चाहन्नँ ।

पार्टीलाई के भन्नुहुन्छ ?

मैले दल त्याग गरेकी होइन । म निस्कासित भएकी हुँ । जसपामा धेरै नेता छन् । मलाई हटाउँदा १ पद खाली हुन्छ । मलाई राख्दा संसदमा त छँदै छ, पार्टीमा समेत १ पद दिनुपर्ने हुन्छ । । सम्पूर्ण कानुन मेरो पक्षमा छ तर एक व्यक्तिविरुद्ध पूरै राज्य लागेपछि के नै लाग्दो रहेछ र ! धेरै कुरा यसरी बुझौँ । जे होस्, अब मलाई विश्वास गर्ने जनताका पक्षमा बोल्छु, सक्रिय हुन्छु ।

तपाईंलाई आफू एक्लै हिँडिरहेको जस्तो लाग्दैन ?

जबसम्म मेरा साथमा जनता छन्, म एक्लो छैन । राजनीतिमा उचारचढाव त आइहाल्छ नि ! हिजो साथ दिनेले आज छोड्छन्, आज साथ छोडेकाहरू भोलि फर्केर आउँछन् । तर, म आफ्नो विचार र अडानप्रति स्पष्ट, दृढ छु ।

त्यसो भए अब तपाईंको राजनीति के हुन्छ ? कि नयाँ पार्टी खोल्नतिर लाग्नुहुन्छ ?

तत्काल म कुनै पार्टी खोल्न वा आवद्ध हुनतिर लाग्दिनँ । सन् १८१६ को सन्धिको आधारमा अब मधेसको हक, हित र अधिकारको बारेमा पहिला म एउटा सामाजिक संवाद सुरू गर्छु । म सामाजिक काममा अभ्यस्त हुन्छु ।

तर यतिबेलाको माहोल त तपाईंको पक्षमा देखिँदैन नि ?

माहोल बनाउँदै लैजाने हो । सबै, सधैँ परिस्थिति एउटै हुँदैन । मैले मधेसका जनताको भावना आफूमार्फत अभिव्यक्त गर्दै आएकी छु । मधेसका जनताले मलाई साथ दिनेछन् ।

पार्टीमा कुनै नेताको साथ नलिई हिँड्दा अप्ठेरो त निश्चित थियो नि ?

धेरै कुरा किन गर्नु, संसदमा मैले जे भनेकी थिएँ, उपेन्द्रजीसँग सरसल्लाह गरेरै भनेकी हुँ । तर, पछि मलाई उहाँले सहयोग गर्नुभएन । जबकि, उहाँको पार्टी विभाजन हुनबाट मैले जोगाएकी थिएँ ।

विगतका गतिविधिलाई लिएर पछुतो लागेको छ कि छैन ?

मैले रहर र लहरमा बोलेकी होइन । कसैले मेरा तर्कलाई गम्भीरतापूर्वक विचार ग¥यो भने यो छलफल र बहसको विषय पक्का हो । गजेन्द्रबाबुको पालायता मधेसको हालत दिनप्रतिदिन बिग्रँदै गएको छ । यसका विविध कारण छन्, जुन आगामी दिनमा म उजागर गर्दै लैजाने छु । मैले पछुताउनुपर्ने कुनै गतिविधि गरेकी छैन

Related Articles

Back to top button
Close