समाचार

काठमाडौँको महाबौद्ध सिल भएपछि फेरी आज मात्रै १५ संक्रमित फेला, सर्तक रहन आग्रह

काठमाडौं । काठमाडौँ उपत्यकामा बुधबार थप १५ जनामा कोरोना सक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले काठमाडौंका १४ जना र भक्तपुरका एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । मन्त्रालयका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सात, टेकुमा गरिएको परीक्षणमा भक्तपुरका एक, काठमाडौंका दुई जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी वीर अस्पताल प्रयोगशालमा काठमाडौंका दुई, त्रिवि शिक्षण अस्पतालमा काठमाडौंका एक जना तथा ललितपुरको स्टार अस्पताल प्रयोगशालामा पनि काठमाडौंका दुर्ई जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै आज नेपालमा थप २ सय १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । यसैबिच नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४६ जना कोरोनाका बिरामी डिस्चार्ज भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या हालसम्म १२ हजार२१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा आज थप १ सय ४६ जना घर फर्केको जानकारी दिएका हुन् । नेपालमा पछिल्ला दिनमा कोरोनालाई जितेर घर फर्किनेको संख्या बढे पनि समुदायस्तरमा भने संक्रमण फैलिन थालेको आशंका बढीरहेको छ ।

काठमाडौँमा न्यूरोड महाबौद्धका ब्यापारी र भारतबाट आएका ब्यापारीमा कोरोना संक्रमण भएपछि ६० भन्दा बढी पसल सिल गरिएको छ । त्यस्तै नेपाल प्रहरीको हेडक्वाटरका ३० भन्दा बण्ीमा संक्रमण पुष्टी भएको छ ।

त्यस्तै वीरगञ्जमा स्थानीयमा नै संक्रमण भएपछि अस्पतालमा बेड नभएर होम आइसोलेसनमा उपचार गर्नुपर्ने बाध्यता छ । त्यस्तै पोखरमा पनि मणिपाल, जिएसी लगायतका अस्पतालमा नै चिकित्सकहरुमा संक्रमण देखिएसागै कोरोना नेपालमा समुदायमा फैलिएको आशंका भएता पनि सरकारले भने समुदाय स्तरमा अहिलेसम्म नफैलिएको दाबी गद्र्यै आएको छ ।

Related Articles

Back to top button
Close