समाचार

उपसचिव सञ्जेललाई पिट्ने महिला कर्मचारीहरूलाई अभद्र मुद्दा

विराटनगर / श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेललाई कु,ट,पि,ट गरेको आरोपमा पक्राउ परेका जना महिला कर्मचारीहरूलाई म्याद थप गर्ने तयारी प्रहरीले गरेको छ ।

आफ्नै कार्यालयका कार्यालय सहयोगी दुई जना महिला कर्मचारीले शनिबार ११ बजे भ्रष्टाचार विरोधी अभियान्ता सञ्जेललाई कु,ट, पि,ट गरेका थिए ।

सञ्जेललाई कु,ट,पि,ट गरेको आरोपमा पक्राउ परेका कार्यालय सहयोगीहरु नेत्रकुमारी भट्टराई र मेनुका कोइरालालाई जिल्ला प्रशान कार्यालय मोरङमा ‘अ,भ द्र व्य,व हारको मुद्दा’ मा म्याद थप गरि अनुसन्धान सुरू गर्ने तयारी गरेको प्रहरीले जनाएको छ । घटनामा मिलापत्र गर्न सञ्जेलले अस्वीकार गरेपछि उनीहरुमाथि मुद्दा चल्ने भएको हो ।

शनिबार साँझसम्म दुबै पक्षबीच मोरङ प्रहरी कार्यालयमा छलफल भएको थियो । सञ्जेलले आफूमाथि कु,ट,पि,ट गर्नेलाई कानूनी कारबाही हुनुपर्ने अडान राखेपछि प्रहरीले कार्वाहीको प्रक्रिया अगाडि बढाएको हो ।

मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले पक्राउ परेका दुई जनालाई अ,भ ,द्र मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गर्ने तयारी गरिएको जानकारी दिए ।

सञ्जेललाई कु,ट,पि,ट गर्ने दुवै जना कर्मचारी करारमा नियुक्त भएका कार्यालय सहयोगी हुन् । सञ्जेलले सहन नसक्ने गरि अ,पशब्द बोलेर दु,व्र्य वहार गरेको, अनावश्यक रुपमा काममा पेलाउने र जिम्मा नै नभएको वस्तुको सुरक्षामाथि प्रश्न उठाएको आरोप लगाउँदै कु,ट,पि,ट गरेका थिए ।

Related Articles

Back to top button
Close