समाचार

ओली-दाहाल भेटवार्ता सम्पन्न, कुरा मिलेन

काठमाडौं, १९ साउन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ । दुई अध्यक्षबीच आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ता बिना निश्कर्ष टुँग्गिएको छ । नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार दुई अध्यक्षबीचको आजको छलफल सकारात्मक देखिएको छैन् । दुवै अध्यक्षले आ–आफ्नो अडान कायम राखेका छन्।

अध्यक्षद्धय ओली र दाहालसँगै आजको छलफलमा पनि बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहभागी थिए । दाहालले स्थायी कमिटी तुरुन्तै राख्नुपर्ने अडान राखेका थिए भने ओलीले आफू स्थायी कमिटी नराख्ने पक्षमा रहेको जिकिर गरेका थिए । ओलीले बरु सचिवालय बैठक राख्न दाहाललाई आग्रह गरेका छन् । दुई अध्यक्षबीच भोलि पनि छलफल हुने बुझिएको छ ।

गणतन्त्र ल्याउँदा होस् या विगत १५ वर्ष यताका कतिपय राजनीतिक घटनाक्रममा प्रचण्डले साहसिक निर्णयहरु गरेका थिए । उनले कतिपय निर्णयमा पछुतो समेत मानेका छन् । कटवाल प्रकरण गल्ती थियो भनेका छन् । गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनुलाई पनि गल्ती मानेका छन् । पछिल्लो समय ओलीले एमालेसँगको एकीकरणलाई गल्ती मान्न थालेको निकटस्थले बताए । प्रचण्डले सार्वजनिक रुपमा आफूले कम्युनिस्ट एकता गर्दा गरेको त्यागबाट पश्चात्ताप त गर्नुपर्ने होइन भन्ने लाग्न थालेको बताएका छन् ।

प्रचण्ड अझै राजीतिको केन्द्रमा छन् किनभने अहिलेको राजनीतिक परिवर्तनको एजेन्डा र कार्यान्वयनमा उनकै मुख्य भुमिका हो । उनी तत्काल रक्षात्मक देखिएका छन् तर आक्रामक बन्न पनि तयार हुन्छन् । प्रचण्डले सार्वजनिक रुपमै भनेका छन् कि उनी बिघटन गर्न पछि पर्दैनन् । एकता केन्द्र बिघटन गरी माओवादी गठन गरे, माओवादी बिघटन गरी नेकपा बनाए । उनी कुनैपनि बेला साहसिक निर्णय गरी राजनीतिमा हावी भइरहने स्वभावका छन् । उनको यही स्वभावले कुनैपनि बेला अकल्पनीय कदम चालेर राजीतिक माहोललाई बदलिदिन सक्छन् ।-File Photo:

Related Articles

Back to top button
Close