समाचार

लकडाउन बारे निर्णय लिन बसेको प्रधानमन्त्री निवासको सर्वदलीय बैठकमा जे भयो

काठमाडौ । राजधानी काठमाडौंसहित देशैभरि कोरोना भाइरसको संक्रमण बढेपछि पुनः लकडाउन गर्ने वा कुन रणनीतिमार्फत व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा प्रधानमन्त्री केपी ओलीले सर्वदलीय छलफल सुरु गरेका छन् ।

आज विहानदेखि बालुवाटारमा सुरु भएको छलफलमा विपक्षी दलका नेता शेर बहादुर देउवा र राजपाका नेता महन्थ ठाकुर लगायतका नेताहरु सहभागी भएका छन् । कोरोना नियन्त्रण गर्ने बैठकमा नेकपाका अन्य नेताहरु सहभागी थिएनन् । कोरोना भाइरस समुदायमा फैलिएको आशंकासँगै सरकारले लकडाउन खुल्ला गर्ने रणनीति परिवर्तन गर्ने सम्बन्धमा केही दिनदेखि तयारी गरिएको थियो ।

सरकारले तत्काल लकडाउन गर्ने भन्दा पनि सवारी साधनमा जोर बिजोर लागू गर्ने, केही सेवाहरु बन्द गरेर मानिसको चहल पहल घटाउने वा पुनः लकडाउन लगाउने भन्ने सम्बन्धमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

Related Articles

Back to top button
Close