भिडियो

देशभर दशैँ आयो, तर यि बृद्ध भन्छन् छाक टार्ने १ के.जि. चामल छ, काटिएको एउटा खुट्टाले मैले कसरी बाँचौँ ? भन्दै धरधरी रोए (भिडियो हेर्नुहोस्)

काठमाडौँ । नेपालीहरुको महान पर्व बडादशैँ घर आँगनमा भित्रिइसकेका बेला जताततै हर्ष र खुशी देखिएको छ । मौसमले पनि साथ दिन थालेको छ । तर भिडियोमा देखिएका यि बृद्ध बल बहादुर नेपाली अपागं छन् । परिवारमा एक्लै रहेका बलबहादुरका दुख पहाड जत्रै अग्ला छन् । परिवारमा एक्लै रहेका बलबहादुरसँग छाक टार्ने अन्न पनि छैन । उनी छिमेकीहरुको सहयोगले चलेका छन् ।

६३ वर्षका उनले नियमित रुपमा भत्ता पनि पाएका छैनन । मागेर जिन्दगी चलाउँदै आएका उनको एउटा खुट्टा काटिएको छ । जसका कारण पनि उनी राम्रोसँग एउटा खुट्टाले हिँड्न असमर्थ छन् । घरमा दाउरा काट्दा उनको खुट्टा ८ वर्ष अघि काटियो । खुट्टा काटिएपछि पत्नि पनि बितिन् । घरमा रहेका २ छोरीले साथ छाडेर गएपछि यि बृद्धले नुन र खुर्सानीसँग छाक टार्दै आएको बताएका छन् । हेर्नुहोस् यो भिडियो

Related Articles

Close