समाचार

तीन करोड नेपालीले हेर्नै पर्ने भिडियो आर्थिक सहयोगकाे नाममा चन्दा उठाउने युटुबर लाई कानुनी कारबाही हुने (भिडियो हेर्नुहोस )

काठमाण्डौं,साउन । यति बेला चर्काे विवादमा अल्झिरहेकाे पत्रकारिता र यसमध्येबाट पनि यूट्यूव पत्रकारिताले नेपालमा तहल्का नै मच्चाइरहेकाे छ भन्दा अतिसयोक्ति नहाेला । किनकी पैसा कमाउने सजिलो तरिका पनि हो कि यो भन्दा फरक नपर्ला ।

विशेषगरि पुष्पा अधिकारीकाे बच्चा फेला पार्ने झुटकाे खेतीकाे श्रृङ्खला भएपछि यथार्थ बाहिरिँदासम्म धेरै नै युट्युवरहरूलाइ महँगो पर्यो । आफु नै अगाडि भन्ने हेतु तँछाडमछाड गर्ने यिनै युट्यूबर पत्रकारिताकाे हैसितय छर्लङ्ग भएकाे छ ।

पत्रकारिताकाे नाममा समाजसेवी गर्नेदेखि सहयोगी भावना बोकेका पत्रकारहरूलाइ समेत यो काण्डले यतिसम्म गिजल्यो कि उठ्नसम्म गाह्रो पर्ने हाे कि भन्ने लाग्दै छ । संयमता गुमाएर गरिएका यस्तो पत्रकारिताले समाजमा के सिकाउँछ भन्ने बिषयमा हामीले पत्रकारकाे हक हित तथा आचारसंहिताका बारेमा कुराकानी गरेका छाैं ।

कुराकानीकाे क्रममा पत्रकारहरूले अहिलेसम्म् यूट्यूव भिडियो मार्फत गरिरहेका ९० प्रतिशत सूचना संकलन भन्ने नै छैन । उनिहरूले कुनै त यति सानो केशलाइ स्ट्रिङ अपरेशनकाे सँज्ञा दिएर उल्टो अपराधलाइ बढावा दिइरहेकाे पाइएकाे छ । यति मात्रै होइन रूकुम घटनामा त झन वकिल, वकालत, अधिबक्ता मात्रै नभएर उनिहरू नै न्यायलय बन्नेदेखि प्रहरीकाे काम पनि उनिहरूले नै गरेकाे पाइएकाे छ ।

खास पुष्पा अधिकारी सँग जोडिएर घटेका यस्ता घटना र यसबाट हुन सक्ने कारवाहीकाे बारेमा अधिबक्ता अमृत शर्मासँग गरिएकाे भिडियो कुराकानी यहाँहरू समक्ष राखेका छाै । हेर्नुहोस् भिडियो :-

स्रोत: नेयत्राटिवि

Related Articles

Back to top button
Close