समाचार

रुपन्देहीमा भएको भयानक कार दुर्घटना ! सबार सबैको ज्यान गयो

काठमाडौं । भयानक कार दुर्घटनामा तीन जनाको ज्यान गएको छ । रुपन्देहीको रोहिणी गाउँपालिकामा कार दुर्घटनामा परी तीनजनाको मृत्यु भएको हो । दुर्घटनाामा एकजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका २८ वर्षीय देवेन्द्र चौधरी, आमेसतिया गाउँपालिकाका २७ वर्षीय नौसाव दर्जी र पश्चिम नवलपरासीका १२ वर्षीका प्रदिप ठाकुर रहेका जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका सिद्धार्थनगरका ३४ वर्षीय अनिल यादवको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । नवलपरासीबाट भैरहवातर्फ जाँदै गरेको लु २ च ६७५६ नम्बरको कार अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

Related Articles

Back to top button
Close