समाचार

काठमाडौँको गोंगबुमा टुक्रा-टुक्रा पारेर सुटकेशमा राखेर फालिएको अवस्थामा शव फेला

काठमाडौं, २५ साउन । काठमाडौँको गोंगबुमा टुक्रा-टुक्रा पारेर बाकसमा राखेर शव फालिएको अवस्थामा फेला परेको छ । गोंगवु गणेशस्थानस्थित सडकमा शव टुक्राटुक्रा बनाएर सुटकेशमा फलिएको अवस्थामा फेला परेको प्रहरी स्रोतले जनाएको छ ।

घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुशुरु गरेको छ । ‘सुटकेशमा शव फेला परेको छ, रगत बगेको छ, गणेशस्थान मन्दिरबाट एक सय मिटर भित्र, पानीले भिजेपछि ब्लड बगेको देखेर स्थानीले प्रहरीलाई खबर गरेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंको अनुसार शव कालो कपडाको सुट्केश छ, विभत्स अवस्थामा छ ।महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कालो सुटकेशमा शवको टुक्रा भेटिएको दुई सय मिटरको पर जेब्रा झोलामा टाउको फेला हो । ‘शव फेला परेको ठाउँबाट दुई सय मिटर पर जेब्रा झोलामा ठाउको फेला परेको छ । हामी अनुशन्धानमा छौं  ।’ – महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले बताउनुभयो ।

स्रोत:news24nepal

Related Articles

Back to top button
Close