स्वास्थ्य/ जिबनशैली

स्वास्थ्य मन्त्रालयमा पनि पस्यो कोरोना, यी ३ कर्मचारीमा संक्रमण पुष्टि

काठमाडौँ । स्वास्थ्य मन्त्रालयका ३ जना कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले तीन जना कर्मचारीलाई संक्रमण भएको पुष्टि गरे। संक्रमितमध्ये दुई जना लेखा शाखा र एकजना कार्यालय सहयोगी छन्।

संक्रमितहरूलाई आइसोलेसनमा राख्ने तयारी भएको प्रवक्ता गौतमले जनाए। साथै उनीहरूको सम्पर्कमा आएका मन्त्रालयका अन्य कर्मचारीको पनि तीनचार दिनमा परीक्षण गर्ने मन्त्रालयले जनाएको छ। कोभिड संकट व्यवस्थापान केन्द्र ‘सिसिएमसी’ ले बिहीबार मन्त्रालयका ८२ जना कर्मचारीहरूको स्वाब संकलन गरेको थियो।

यस्तै वीरगञ्जमा उपचार नपाएर ज्यान गुमाएकी २० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका २ को छपकैयाकी महिलाको उपचारको लागि कुनै पनि अस्पतालले भर्ना लिन नमानेपछि शुक्रबार राति ज्यान गएको थियो ।

नारायणी अस्पतालमा रहेको प्रयोगशालाको परीक्षण रिपोर्टअनुसार उनमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले बताए ।

नारायणी अस्पतालमा रहेको प्रयोगशालाको परीक्षण रिपोर्टअनुसार उनमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले बताए ।

Related Articles

Back to top button
Close