समाचार

अन्ततः भारतिय मजदुरलाइ नेपालमा छिर्न र काम गर्न बन्देज

२७ साउन, काठमाडौं । सरकारले भारतबाट श्रम गर्न नेपाल प्रवेश गर्न रोक लगाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

कोरोना जोखिमकै बेलामा सीमा क्षेत्रमा मानवीय आवाजावत बढ्दा संक्रमण फैलिएकाले यस्तो निर्णय गरिएको प्रवक्ता खतिवडाले प्रष्ट्याए ।

भारतसँग सीमा जोडिएको जिल्लामा बढ्दो आवाजावतले जोखिम बढेको सरकारको दाबी छ ।

शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द, रेष्टुरेन्ट तथा होटलमा बसेर नखानु : सरकार

काठमाडौं, २७ साउन । कोरोना महामारीको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरेको छ । सरकारका प्रवक्ता युवराज खतिवडा अनुसार अर्को सूचना जारी नभएसम्मका लागि शैक्षिक संस्था बन्द गरिएको हो ।

यही साउन १५ देखि रेष्टुरेन्टमा बसेर खान पनि पाइने नियम लागू भएको पनि कोरोना महामारीको जोखिम ह्वात्तै बढेकाले पुनः टेक अवे मात्रै गर्न मिल्ने बनाइएको जनाइएको छ ।

Related Articles

Back to top button
Close