समाचार

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार टेलिफोन संवाद भएको छ। शनिबार भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेफिफोन संवाद भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

भारतीय अखबारमा टिप्पणीः ‘मोदीजस्तै छन् नेपालका ओली’

काठमाडौं। नेपालमा जारी राजनैतिक हलचलले भारतमा पनि ठूलो तरंग ल्याएको छ । केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकारले केही यस्ता कदमहरु चालेको छ जुन भारतलाई पचिरहेको छैन । भारत नेपालमा ओली सरकार रहोस् भन्ने चाहँदैन । नेपालको संसदीय इतिहासको पछिल्लो ३ दशक भारतले नेपालको सत्तामा उलटफेर गराइरह्यो । तर, अहिलेको सरकार दुई तिहाइ बहुमतको जगमा उभिएकोले भारतलाई यो सरकार ढलाउन अहिलेसम्मकै ठूलो बल लगाउनु परिरहेको छ ।

यही बीचमा भारतीय अखबार दैनिक भास्करले एक जना नेपालका राजनीतिशास्त्रका प्राध्यापकसँग यसबारेमा कुरा गरेको छ । काठमाडौं युनिभर्सिटीमा राजनीतिशास्त्रका प्राध्यापक उद्धव प्याकुरेलले दैनिक भास्करसँग कुरा गर्दै नेपालका प्रधानमन्त्री ओली भारतमा प्रधानमन्त्री मोदीजस्तै भएको टिप्पणी गरेका छन् । जवाहरलाल नेहरु युनिभर्सिटीका पीएचडी प्याकुरेलको दैनिक भास्करमा हिन्दी भाषामा प्रकाशित टिप्पणीको नेपाली अनुवाद –भारत र चीनको बीच जारी तनावका बीच नेपाल फ्याक्टर पनि अगाडि आएको छ । नेपालमा सत्तारुढ प्रधानमन्त्री ओलीको सरकारले चीनलाई धेरै महत्व दिएको मानिएको छ । ८ मेमा भारतका रक्षामन्त्री राजनाथ सिंहले ८० किलोमिटर लामो लिपुलेक धार्चुला सडक उद्घाटन गरेपछि नेपालले आपत्ति जनायो ।

Related Articles

Back to top button
Close