समाचार

राष्ट्रिय झ,ण्डा जलाएकाे वि,षयमा प्र,हरीले थाल्याे अनु,सन्धान

काठमाडौं / युटुबबाट सार्वजनिक गरिएको एक म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाइएको विषयमा प्रहरीले अनुसन्धान थालेकाे छ । मंगोल होप नेपाल नामक युट्युब च्यानलबाट जातीय द्वेष फैलाउँदै राष्ट्रिय झण्डासमेत जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएलगत्तै संलग्नहरुको खोजी सुरु भएको नेपाल प्रहरी बताएकाे छ ।

त्यसैगरी भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली सहित विभिन्न दलका शीर्ष नेताको पनि तस्बीर जलाइएको छ । प्रहरीले यसलाई गम्भीरताका साथ लिएको भन्दै संलग्नमाथि कानूनी व्यवस्था बमोजिम कारवाही प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

मुलुकी अपराध संहिता ऐनअनुसार राष्ट्रिय झण्डा जलाउने वा प्रयोग गर्नै नमिल्ने ठाउँमा प्रयोग गरिए र जातीय द्वेष फैलाउने कार्य गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

पुर्बेलि न्युजबाट

Related Articles

Back to top button
Close