समाचार

गृहमन्त्रीलाई स्कर्टिङ गर्न कुदेको गाडीले ठक्कर दियो

नुवाकोट । गृहमन्त्रीको स्कर्टिङका लागी ड्युटी लिन हिँडेको सुरक्षाकर्मीका अगुवा गाडीले सिंहदरबार पश्चिम गेटमा स्कुटरलाई ठक्कर दिँदा २ महिला घाइते भएका छन् ।

नेपाल प्रहरीको बा १ झ ५५५४ नम्बरको अगुवा जीपले बा ९४ प १०२५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

जीपको ठक्करबाट नुवाकोटको कविलास घर भएका २३ वर्षीया लिला थापा र २७ वर्षीया सुधा थापा घाइते भएका छन् । उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय ट्राफिक महाशाखाका प्रहरी उपरिक्षक (एसपी) बामदेव गौतमले नुवाकोट एक्स्प्रेसलाई जानकारी दिए ।

जीप चालकलाई महानगरीय प्रहरी वृत सिंहदरबारले नियन्त्रणमा लिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ मंगलबार बाजुरा जाँदै छन् ।

‘बादल’लाई विमास्थलसम्म स्कर्टिङ गर्न सो जीप प्रहरी प्रधान कार्यालयबाट पुल्चोकस्थित मन्त्रीक्वार्टर जाँदै थियो ।

सांकेतिक तस्विर  

Related Articles

Back to top button
Close