समाचार

काठमा,ण्डुमा भोली बुधबार म,ध्यरातिदेखि भदौ १० गतेसम्म क,र्फु

काठमाडौँ — काठमाडौं उपत्यकामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ । राजधानीमा कोभिड १९ को सं,क्रमण बढिरहेका बेला उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको काठमाडौं जिल्ला प्रशासन कार्यालयमा भर्खरै सकिएको बैठकले बुधबार राति १२ बजेबाट लागू हुनेगरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

बैठकपछि महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले यस्तो निर्णय भएको बताए । बैठकको औपचारिक निर्णय सार्वजनिक हुँदैछ ।

अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न पाइने छैन । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी संचालन गर्न पाइने छैन । सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिनेछ ।

मंगलबारमात्रै राजधानीमा २ सय ५ जनामा कोरोना सं,क्रमण देखिएको थियो ।

Related Articles

Back to top button
Close