राशिफल

आज बुधबारको राशिफल : वि.सं.२०७७ साल भाद्र ०३ गते । बुधबार । ईश्वी सन् २०२० अगष्ट १९ तारिख

वि.सं.२०७७ साल भाद्र ०३ गते । बुधबार । ईश्वी सन् २०२० अगष्ट १९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–औशी

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । व्यापार व्यावसायमा लगानि गरे अनुसार फाईदा कम हुनेछ भने आर्थिक मुद्दाहरु थाति रहनेछन् । शेयर बजारको लगानि भने सन्तोष जनक रुपमा सुधार भएर जानेछ । अध्ययनमा मन नजाने हुनाले नतिजा अरुकै पोल्टोमा जानेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले खासै साथ नदिने हुनाले आजको लिन भेटघाटलाई कम गर्नुनै राम्रो हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यापार व्यावसायमा प्रशस्त समय खर्र्चिए पनि थोरै उपलब्धिमा चित्त बुझाउँनु पर्नेछ । कृषि तथा पशुपालन अगाल्नेहरुले व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि आय आर्जन बढाउँन सक्नेछन् । स्थाई तथा पैत्रिक धन सम्पतिमा बिवाद आउँने योग रहेकोछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

मुद्दा मामिला तथा न्यालयबाट हुँने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । बिद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जिवन शैलिमा सुधार हुँनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाब बढ्ने हुँदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ । व्यापार व्यावसायमा नाफा कमाउन प्रसस्त समय खर्चिनु पर्नेछ । बोल्दा ख्याल गर्नुहोला तपाईको आजको निर्णय आत्मघाति पनि हुन सक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

समाजसेवा तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउन सक्नेछन् । नयाँ नयाँ कामको प्रस्ताब आउनेछ भने आर्थिक ब्याबस्थापनका मुद्दाहरु सजिलै हल गर्न सकिनेछ । समस्याका पर्खालहरु बिस्तारै ढल्दै जाने तथा सत्रु परास्त हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ भने सुन्दर तथा बिलाशि बस्तुहरुको उपभोग गर्न पाईने हुँनाले मन प्रशन्न हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

कामहरु समयमा सम्पन्न नहुने तथा गल्ति गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आउने तथा भौतिक साधन स्रोतको प्रयोग गर्दा ख्याल गर्नुहोला औषधि उपचार खर्च बढेर जानेछ । लामो दुरिको बिदेश यात्राको गतिलो योग रहेकोछ भने बिदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

बिद्या तथा प्रतिष्र्धामा बिजय हुँने योग रहेकोछ भने नयाँ ज्ञान हासिल हुनेछ । बुवा वा बुवासरहका मानिसको आषिर्वाद तथा सहयोगले महत्वपुर्ण कामहरु सम्पादन हुनेछन् । माया प्रेममा एक अर्कालाई भेटि सौहार्दपुण बाताबरणमा समय व्यातित गर्न सकिनेछ । ईच्छित कामनाहरु पुरा हुँने तथा आफ्नो मानिसबाट उपाहार तथा भौतिक सामानहरु प्राप्त हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुदा पद प्राप्तीको योग रहेकोछ । माया प्रेममा देखा पर्ने शंका तथा अबिश्वासलाई चिर्दै एक अर्का सँग नजिक हुने सकिनेछ । नया काम पाउने तथा नोकरिमा बढोत्तरीको गतिलो योग रहेकोछ । अध्ययनमा प्रतिष्पर्धिहरुलाई उछिन्दै चाहेको सफलता प्राप्त गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

कामहरु बिग्रने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । प्रशासनिक कामकाजमा झन्झटिलो प्रक्रिया अवलम्बन गर्नुपर्नेछ भने सेवा प्रवाह गर्नेहरुले समयमा तपाईको काम नगर्दिनाले महत्वपुर्ण अवसरहरु गुम्न सक्छ । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आर्थिक अवस्था कमजोर रहने हुनाले व्यापारमा लगानि गर्न सकिने अवस्था रहने छैन । माया प्रेममा एक अर्कालाई बुझ्न नसक्दा मनमुटाब बढ्नेछ । सवारि साधन तथा भौतिक बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । खानपान तथा मौषको ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउने योग रहेकोछ । तरपनि रिसर्च पर्सनको लागि भने समय उत्तम रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जाने तथा भौतिक सम्पति प्राप्तिको योग रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

नया कार्ययोजना बनाई आम्दानिका स्रोतहरु बढाउन सकिनेछ भने व्यापारमा गरिएको लगानिबाट भनेजस्तो लाभ हुनेछ । पढाई लेखाईमा बिशेष चासो बढ्नेछ भने प्राबिधिक शिक्षामा सफलता हात लाग्नेछ । समाजमा सानो काम गरि नाम कमाउन सकिनेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । स्वास्थ्य सबल रहने हुनाले राम्रा तथा उपलब्धिमुलक कामहरु सम्पादन गर्न सकिनेछ ।

Related Articles

Back to top button
Close