समाचार

नेपाल आर्मीमा रहेका श्रीमानले आफ्नै १६ बर्षिया छोरी र श्रीमतीलाई दुईतला माथिबाट फा’लिदिए (भिडियो हेर्नुस्)

काठमाडौ । काठमाडौको मुलपानीमा बस्ने प्रतिक्षा गदाले आजभोली आफ्नै बुवालाई पनि फोन गर्न सक्दिनन् । उनी अहिले १६ वर्षकी भइन् । बुवालाई फोन गर्दा ज्या’न लिने ध म्की दिने गरेका छन् । उनका बुवा घरमा छैनन् । उनी आमा कमला खड्का गदालसंग मुलपानीमा बस्छिन् । छोरी प्रतिक्षाले बुवाको फोन त्यती नलाग्ने गरेको बताउँदै, कहिले काँही फोन लागिहाल्यो भनेपछि मलाई किन तिमीहरुले त’नाव दिन्छौ मलाई धेरै फोन नगर तिमीहरुलाइ सि’ध्याइदिन्छु भनेर ध म्की दिने गरेको बताइन् ।

अहिले बुवाले आफुहरुको फोन ब्लक लिष्टमा राखिदिएको बताइन् । प्रतिक्षाको आमाले पनि श्रीमानले आफुलाई त्यस्तै ध म्की दिने गरेको बताएकी छन् । उनी नेपाल आर्मीमा काम गर्ने ब्यक्ति भएकाले घरमा नहुने उनले बताइन् । श्रीमानलाई छोराको अपेक्षा राखेको भएपनि तीनवटा छोरी जन्मिएपछि आफुलाई हेला गर्न थालेको बताएकी छन् । उहाँलाई छोराको चाहना थियो, तर हाम्रो तीनवटा छोरी भयो भनेर हेला गरेर छोडेर हिड्नु भएको हो । यसरी छोडेर हिडेको १० वर्ष भइसकेको छ ।

उनले आफुलाई छोडेर हिडेपछि ब्रिटिस लाहुरेको श्रीमती लिएर हिडेको बताइन् । त्यसपछि उनले सेनाको जागिर पनि छुट्यो । श्रीमानले छोडेर हिड्दा कान्छी छोरीको न्वारन मात्र गरेका थिए । ‘छोरी जन्मेको १३ दिनमा श्रीमानले छोडेर हिँडे, सुत्केरी अवस्थामा एक्लै तीनवटी सन्तान हुर्र्काए, उनले भनिन्, मलाइ पैसा पनि नपठाउने भएपछि अ उहाँकै अफिसमा गएर कुरा गर्दा छोरी मात्र जन्माउनेलाई म पैसा दिन सक्दिन भन्नुभयो ।’

श्रीमानले नै भद्रकाली गएर आफ्नो दावी गर भनेर सिकाए पछि आफु गएर गएर तलबका तीन भागको एक भाग लिएर बसेको बताइन् । श्रीमतीले तीन भागको एक भाग तलब लिन थालेपछि उनले जागिर पनि छोडेको बताइन् । अफिसका अन्य हाकिमहरुले तीन बच्चा पनि रहेछन् भनेर आधा तलब दिन थालेपछि जागिर छोडेको श्रीमतीको भनाई छ । श्रीमतीले जहाँ पल्टन गयो उहीँ अर्की विवाह गरेर हिड्ने गरेको बताएकी छन् । मुलपानीमा ल्याएर श्रीमानले राखिदिएको र अहिले सम्म पनि त्यही बसिरहेको बताइन् ।

जागिर छोडेर उनी दुवई पुगेर केही वर्ष बसे पछि फर्केर आफुसंग आएको बताइन् । आएको दिन अब म दुख दिन्न राम्रोसंग राख्छु भनेका श्रीमान भोलीपल्ट आफ्नो परिवार भेट्न गएपछि भने परिवर्तन भएको उनले बताइन् । भोलीपल्ट फेरी आएर म मेरा छोराछोरी जिम्मा लिन्छु तैँले मलाई डिभोर्स दे भन्दै ध म्क्याए । उनले म त्यसो गर्न सक्दिन भनेपछि आफुलाई दुई तला माथिवाट फा’लि’दिएको आरोप लगाइन् । बाँकी भिडियोमा हेर्नुस्

Related Articles

Back to top button
Close