समाचार

बाढीले पुरै गाँउ बगर बनायो : बेपत्ता १७ जनामा, ६ जनाको लाश फेला

अछाम । अछामको रामारोशन गाउँपालिका स्थित कैलाश खोलाले बगाएर बेपत्ता भएका १७ जनाको परिचय खुलेको छ । वडा नम्बर ५ सैनिबजारबाट बगाएका स्थानीय नन्दु साउँदको १० जना परिवार सहित सबैको परिचय खुलेको हो । जसमा पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ बारला निवासी लालसरा शाह र उनका छोरा, हिक्मत शाहको २ जना परिवार, चन्दे साउद, बासु साउद र जोगा साउँद रहेका रामारोशन गाउँपालिका अध्यक्ष झंकरबहादुर साउदले जानकारी दिनुभयो । उनीहरू मध्ये ६ जनाको लाश दर्ना र मंगलसेनको दयको कैलाश छेउमा फेला पारेका छन् । रामारोशन गाउँपालिकाका कैलाशखोलाले बगाएका १७ जना मध्ये ६ लाश भेटिएको हो । हिजो राति परेको अबिरल वर्षाले गर्दा आएको बाढिले रामारोशन गाउँपालिका वडा नम्बर ५ सैनिबजारबाट बगाएका १७ जना मध्ये ६ जनाको लाश कैलाशको विभिन्न स्थानमा भेटिएको हो ।

४ जनाको लाश बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले जानकारी दिनु भयो। यस्तै २ जनाको लाश मंगलसेन नगरपालिका वडा नम्बर ३ मा पर्ने लमतणा र सेरीमा भेटिएको खोजी कार्यमा खटिएका स्थानीय प्रकाश कुँवरले बताउनु भयो । जनप्रतिनिधि, प्रहरी प्रशासन, स्थानीय उद्धारकर्मीको टोली यति बेला सैनि बजार लगायतका स्थानमा खटिरहेको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर बहादुर साउँदले बताउनु भयो । जिल्लाबाट झण्डै ७ घण्टा पैदल हिँडेर पुगिने ठाउँ भएकाले चाँडै उद्धारका लागि पहल भइरहेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताउनु भएको छ।

चाँडै हेलिकप्टर मार्फत उद्धारका लागि केन्द्रसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनु भयो। मङ्गलवार रातीदेखि आएको अविरल वर्षा पछि कैलाश खोलाले लाखौँको क्षति गरेको छ । खोलाले मंगलसेन नगरपालिका वडा नम्बर १४ र बान्नीगढी जयगढ गाउँपालिकाको वडा नम्बर ६ दर्नामा स्थित पक्की पुल बगाउनुका साथै छेउछाउका खेतहरू बगरमा परिणत भएका छन्। यस्तै रामारोशन, मुजाबगर, गजडबजार, सेरि खेत, पुलबजार आसपासका खेत, कोसेडा, लगायतका थुप्रै स्थानमा रहेका खेतहरू बगरमा परिणत भएको खबर आएका छन् ।

निरन्तरको बर्षाका कारण रामारोशन गाउँपालिकाको केन्द्र मुजाबगर, गजडबजार लगायतका स्थानहरूमा ठुलो क्षति गर्नुका साथै अन्य स्थानहरू पनि उच्च जोखिममा रहेका छन् । मङ्गलवार रातिदेखि आएको अविरल वर्षा पछि कैलाश खोलामा आएको बाढीले छेउछाउका खेतहरू सबै बगरमा परिणत भएका छन् । रामारोशन, मुजाबगर, गजड बजार, सेरी खेत, पुलबजार आसपासका खेत, कोसेडा, लगायतका थुप्रै स्थानमा रहेका खेतहरू बगरमा परिणत भएको जनाइएको छ। साथै निरन्तरको वर्षाका कारण रामारोशन गाउँपालिकाको केन्द्र मुजाबगर, गजडबजार लगायतका स्थानहरूमा ठुलो क्षेती गर्नुका साथै अन्य स्थानहरू पनि उच्च जोखिममा रहेका छन् ।

Related Articles

Back to top button
Close