भिडियो

सबैलाई रुवाउने अर्जुनको पहिलो गीत सार्वजनिक ( भिडियो हेर्नुस् )

काठमाडौं ०४ भदौ / कहिसमय अगाडि सामाजिक सञ्जालमा निकैनै भाइरल भएका कैलालीका अर्जुन विकले नयाँ गीत बजारमा लिएर आएका छन् । गीतको भिडियोमा पनि उनले आफ्नै जीवनमा घटेको घटनालाई समेटेका छन् ।

श्रीमतीले छाडेपछि छोरालाई पिठ्युँमा बोकेर राजधानिको सडकमा रिक्स चलाउँदै गुजारा चलाहेका विक रातरात सेलिब्रेटी बनिसकेका छन्  । छोरा बोकेर रिक्सा चलाएको तस्बिर भाइरल भएसँगै अर्जुनलाई देशविदेशबाट सहयोग रकम समेत आएको थियो ।

उनको भिडियो खिच्न युट्युबरको लर्को लागेको थियो केहिदिन अगाडि , अर्जुन भाइरल भएसँगै उनको श्रीमती पनि मिडियामा आएकी थिइन् । अर्जुन र श्रीमतीको कुरा मिडियामा बाझिएपछि अन्ततः श्रीमती सँग भेटेरै कुराकानी गर्न अर्जुन कैलाली पुगेका थिए ।

त्यसपछि फेरि अर्जुन राजधानी फर्केर नयाँ गीत रेकर्ड गराएर भिडियो बजारमा ल्याएका हुन् । अर्जुनले भाइरल हुन अगाडिपनि म्युजिक भिडियोमा काम गरिसकेका रहेछ । तर, उनिलाई कसैले पनि चिनेका थिएन ।

चिन्ने सम्भव पनि कम थियो किनकि अहिले कलाकारको सङ्ख्या अनगिन्ती छ । हेरौ अर्जुनको वास्तविक जीवन कहानीलाई समेटेर तयार पारिएको यो भिडियो  :

Related Articles

Back to top button
Close