समाचार

उद्धार उडानमा कतार बाट नेपाल यसरी आईयो; व्यवस्थापन चै गज्जब कै रहेछ

राम अधिकारी

काठमाण्डौ – मैले कतारबाट नेपाल फर्किनको लागि दुई महिनादेखि प्रक्रिया अगाडि बढाएको थिएँ । बल्लतल्ल साउन ३० गते प्रक्रिया पूरा भयो । त्यसपछि हामी श्रीमान्–श्रीमती दुवैजना गएको साउन ३० गते नेपाल फर्कन भनेर कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गर्यौं । नेपाल एयरलाइन्सको १४ अगस्टको टिकट थियो । कतारी समय ११ बजे जहाज उड्नु पर्नेमा विभिन्न प्राविधिक सम’स्याको कारण देखाउँदै ४ बजे मात्रै जहाज उड्ने निश्चित भयो ।

‘फ्लाइट डिले’ भएपछि हामी दुईसय ६८ जना यात्रु जहाजभित्र ५ घण्टासम्म निसा’सिएर बस्यौं । बाहिरको वातावरण निकै गर्मी भएर होला जहाजको एयरकण्डिसनले पनि काम गरेको थिएन । जहाजभित्रै लामो समयसम्म गु’म्सिनु पर्दा पसिनाले सबैजना निथ्रुक्कै भिजे । बल्लतल्ल जहाज उड्यो । जे जस्तो भए पनि नेपाल फर्कन पाएकोमा खुशीमा हामी सबैले फ्लाइट डिले भएको पीडा बिर्सियौं ।

रातिको १० बजे काठमाण्डौको त्रिभुवन विमानस्थलमा उत्रियौं । विमानस्थलमा खटिएका कर्मचारी साथै नेपाली सेना, नेपाल प्रहरीले गरेको सहयोग साँच्चिकै उत्कृष्ट थियो । बाहिर समाचारमा आए जस्तो भे’दभा’वपूर्ण व्यवहार मैले कतै पनि देखिनँ । कहाँबाट कता जाने, कुन प्रदेशमा जाने भनेर अलग्गै गाडीहरुको व्यवस्था गरिएको रहेछ ।

नेपाली सेनाले हामीहरु सबैको नाम र फोन नम्बर लिए । त्यसपछि सेनाकै गाडीमा राखेर हामीलाई एक नम्बर प्रदेशको होल्डिङ सेन्टर सल्लाघारीमा पुर्याइयो । त्यहाँ पनि राम्रो नै व्यवस्था गरिएको रहेछ । त्यहाँ पुगेपछि फोटो खिच्ने, सिम कार्ड उपलब्ध गराउने साथै कुन जिल्ला कुन पालिका हो त्यसको तथ्याँक लिने काम भयो । हामीले त्यहाँ केहीबेर आरम गर्‍याैं र खाना खायौं । त्यसएपछि सम्बन्धित व्यक्तिलाई सम्बन्धित गाडीमै राखेर पठाउने काम भयो ।

हामीलाई बीचमा खाना खानको लागि लालगढमा गाडी रोकियो । त्यहाँ खाना खाएपछि सिधै मोरङ जिल्लाको होल्डिङ सेन्टर गोठगाउँको विश्वविद्यालय भवनमा पुर्याइयो । त्यहाँबाट पालिकाले व्यवस्थापन गरेको गाडीमा राखेर हामीलाई सिधै उर्लाबारीको राधिका माध्यमिक विद्यालयमा बनाइएको क्वरेण्टीनमा लगियो । हामी त्यही क्वरेण्टीनमा बस्यौं । त्यहाँ खटिनुभएका सबै कर्मचारीहरुको व्यवहार एकदमै राम्रो थियो ।

सरकारले गरेको सबै व्यवस्थापन अति नै राम्रो भए पनि विदेशबाट फर्किनेहरुले नै नियम पालना नगरेको देखेँ । उनीहरुले सामाजिक दूरी कायम नगरेर तथा मास्क नलगाएर हाम्रै सेवामा खटिनुभएका कर्मचारीलाई सहयोग नगरेका पाएँ । यस्तै गाडी चालकले मास्क नलगाउने, गाडीमा स्यानिटाइजर नहुने, खाना खुवाउने होटलका कर्मचारीले पनि मास्क नलगाउने, सामाजिक दूरी कायम नगर्ने स’मस्या पनि उस्तै थिए ।

गाडी चालकको कोरोना परीक्षण भएको हो कि होइन ? गाडीले खाना खुवाउन रोकेका होटेलका कर्मचारीको कोरोना परीक्षण भएको हो कि होइन ? यी कुराहरु मेरो मनमा खेलिरहे । यस विषयमा पनि सरोकारवाला निकायको ध्यान जानुपर्छ जस्तो मलाई लाग्छ । यस्तै यता स्थानीय स्तरमा बनाइका क्वरेण्टीनमा बस्ने व्यवस्था राम्रो भए पनि शौचालयको व्यवस्था राम्रो नभएको पाएँ । सरसफाइमा ध्यान नपुगेको, महिलाहरुको लागि नुहाउने ठाउँको अलग्गै व्यवस्था नभएको जस्ता सम’स्याहरु पनि रहेछन् । उज्यालो अनलाईन को मेरो कथा मेरो भोगाई बाट

Related Articles

Back to top button
Close