समाचार

सिभिल अस्पतालका डाक्टर बस्ने घर बाहिर उनीहरुलाई हटाउन माग गर्नेको भिड

काठमाडौ । केही घटनाले हामी मानवलाई आफ्नै कार्यले आफैलाई नराम्ररी गिज्याएको हुन्छ । यो फोटो राजधानी काठमाडौको बानेश्वर स्थित सिभिल अस्पतालमा काम गर्ने डाक्टर आइसोलेसन बस्ने घर बाहिरको हो । जम्मा भएको भिड उनीहरुलाइ त्यहाँबाट निकाल्नुपर्छ भन्ने जत्थाहरुको हो। यी मानिसहरु भोलि बिरामी भए वा संक्रमित भएमा कहाँ जान्छन् कुन्नि। यस्ता मानिसको भेषमा रहेका पशुहरुलाई के भन्नु । यो तस्विरले सबैलाई सोच्न बाध्य बनाएको छ ।

राजधानीमा त यस्तो छ भने दुर्गम बस्तिमा के होला ? उनीहरु संक्रमित भएपछि उनीहरुको नारी छाम्ने, सास फेर्न गाह्रो भएका बेला मुखमा स्वास दिने कार्यमा समेत डाक्टर पछि परेका छैनन् । तर टोलको सयौँ मिटर पर बसेका मानिसलाई आफ्नो चिन्ता भयो । विश्व स्वास्थ्य संगठनले र नेपालकै स्वास्थ्य संस्थाका सन्देश मोबाईदेखि विभिन्न सञ्चार माध्यममा प्रशारण प्रकाशन भइरहेका छन् । केही फिट दुरी कायम गर्दा संक्रमितबाट भाइरस सर्दैन भनेर विश्वभरी भनिएको छ । उनीहरुले यो कुरा थाहा नपाएकापनि हैनन् । तर मानवताभित्रको पशुत्व प्रर्दशन गरेका मात्र हुन् ।

यहाँ सिभिल अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीलाई टोलबासीले होस्टेल नै छिर्न नदिएपछि तनाव सिर्जना भएको छ । कोरोना संक्रमणको संकटको बेला यसरी अहोरात्र सेवामा खटने स्वास्थ्यकर्मीप्रतिको यस्तो व्यवहार उचित कदापी हैन । नेपाल होस्टल एशोसिएसन ललितपुरकी निवर्तमान अध्यक्ष सुनिता बाटाजुले यो विषय निकै गम्भीर भएको बताउँदै यसमा सबै पक्षले सतर्कता अपनाउनुपर्नेमा कुनै विकल्प नरहेको बताईन् । बाटाजुले भनिन्, सुरक्षा सतर्कताका मापदण्डमा कुनै सम्झौता नगरेर समस्या समाधानको बाटो रोज्न सकिन्छ ।

हामी सेवा दिन तयार छौ । दिइरहेका छौ । हामी त्यही घरभित्र हुनेलाई चिन्ता छैन । तर टोलवासीलाई चिन्ता भएको छ । यो विश्वका लागि लाजमर्दो तस्विर हो । यो सोचलाई तपाई के भन्नुहुन्छ । समाचार लिंक राखेर आफ्नो विचारसहित सामाजिक सञ्जालमा सेयर गर्नुहोला । समाज सुधार जरुरी छ । यो तपाई हामीले नै गर्ने हो ।

Related Articles

Back to top button
Close