समाचार

कोरोना संक्र,मण बढ्दै जाँदा भर्खरै नया आदेश जारी

काठमाडौं । कोरोना संक्रमण बढ्दै जाँदा देशव्यापी निषेधाज्ञा जारी गरिएको छ । दक्षिण कोरियाले कोरोनाभाइरसका कारण देशव्यापी निषेधाज्ञा घोषणा गरेको छ । कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि केही गतिविधिहरूमा देशभरि निषेधाज्ञा जारी गरिएको अधिकारीहरूले जनाएका छन् ।

सरकारले भेला हुन, रात्रीकालीन गतिविधिहरू गर्न, चर्च, खेलकुद तथा अन्य भिडभाड हुने ठाउँहरुका गतिविधिहरूमा रोक लगाइएको छ । स्वास्थ्यमन्त्री पार्क नेउङ हुले शनिबारदेखि यस्ता गतिविधिहरूमा देशभरि नै रोक लगाइएको जानकारी दिनुभएको हो ।

दक्षिण कोरियामा कोरोनाभाइरसको सङ्क्रमण शनिबार थप ३३२ जनामा देखिएको पनि उहाँले बताउनुभयो । नयाँ थपिएका सङ्क्रमितमध्ये अधिकांश राजधानी सोल महानगरपालिकाभित्र नै देखिएको पाइएको छ । दक्षिण कोरियामा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या पछिल्लो समय थप बढ्दैगएको पाइएको छ ।

सङ्क्रमण राजधानीबाहेक देशका अन्य ठूला सहरहरूमा पनि देखिएको स्वास्थ्य मन्त्री हुले जानकारी दिनुभयो । कतिपय प्रतिबन्धात्मक व्यवस्थाहरू भने सरकारले यसअघि पनि लागु गरिसकेको छ । अहिले त्यसमा केही थप प्रतिबन्धहरू लगाइएको हो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

Related Articles

Back to top button
Close