समाचार

सामूहिक दर खाएको भोलिपल्ट कोरोना पुष्टि, ३० जना क्लोज कन्ट्याक्टमा

घरमा मान्छे भेला पारेर दर खाने भब्य कार्यक्रम गरेको भोलीपल्ट आयोजकलाई कोरोना पुष्टि, समुदाय नै जोखिममा काठमाडौ । काठमाडौमा दिनहुँ कोरोना संक्रमितको संख्या बढीरहेको छ । सरकारले कोारनो फैलन नदिन कडा नियम लागू गरेको छ । नेपाली महिलाहरुको महान पर्व तीज पनि कोरोनाकै कारण घरमै मनाउनुपर्ने अवस्था आयो । तर केही मानिसको असावधानीका कारण समुदायमा कोरोना फैलिएको तथ्य फेला परेको छ ।

कोरोना परिक्षणको लागि स्वाव दिएका मानिस नै समुहमा सहभागी हुँदा कोरानोको जोखिम बढेको छ । पढेलेखेका र समाजमा आफुलाई अग्रणी भनेर देखाउनेहरु नै असावधानी अपनाउने गरेको पाइएको छ । कोरोनाको लागि स्वाब परिक्षण गर्न दिएकी एक महिला दर खाने कार्यक्रममा सहभागी भएको पाइएको छ ।कागेश्वरी मनोहरा ७ सयपत्री टोलकी ३० वर्षीया महिला सामान्य ज्वरो र हल्का खोकी लागेपछि कोरोना परिक्षणका लागि आफ्नो स्वाव दिएकी थिइन् ।

उनले भदौ १ गते मूलपानीस्थित स्वास्थ्य केन्द्रमा स्वाब दिएर फर्किइन् । तर त्यस पछि उनले कुनै स्वासथ्य सजगता अपनाइनन् । एक फाइनान्समा काम गर्ने उनी तीजको दर खाने कार्यक्रममा सहभागी भइन् । आफ्नो घरमा पनि महिला भेला गरेर दर खाने कार्यक्रम गरिन् ।उनको घरमा दर खाने कार्यक्रममा करिब ३० जना महिला सहभागी भए । तर दर खाने कार्यक्रम गरेको दुई दिन पछि उनमा कोरोना पुष्टि भएको छ । आर्थिक अवस्था राम्रै भएका,पढेलेखेका समुदायका ब्यक्तिहरुवाटै भएको यस्तो लापरवाहीका कारण पुरै समुदाय अहिले कोरोनाको जोखिममा परेको छ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ का वडाध्यक्ष जीवन थापाले अहिले उनका परिवार पनि कोरोना परिक्षणका लागि आफै मूलपानी स्वास्थ्य केन्द्र पुगेको बताए । उनको घरमा दर खान आएकाहरुलाई पनि स्वाब परिक्षणका लागि वडा कार्यालयले अनुरोध गरेको छ । नगरपालिकाकी उपप्रमुख विन्दु पुडासैनीका अनुसार अहिले कागेश्वरी मनोहरा नगरपालिकामा ८२ जना कोरोना संक्रमित भेटिएको छ । समुदायस्तरमा कोरोना देखिएको भन्दै नगरपालिकाको वडा नं ९ को केही क्षेत्र सिल गरिएको छ ।

Related Articles

Back to top button
Close