समाचार

प्रचण्ड, रावल र पाण्डेबाट मलाई धोका भो – नेता माधवकुमार नेपाल

काठमाडौ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्ष पुष्पकमल दाहाल र आफु निकट भनिएका कार्यदलका सदस्यहरुले समेत धोका दिएको निष्कर्षका पुगेका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले दुवै पद छाड्नु पर्ने विषय एकसाथ उठाए पनि दाहालले सो मुद्दामा अन्तिममा धोका दिएको गुनासो नेता नेपालले आफु निकटहरुसंग गरेका छन् ।

ओलीले दुवै पद छाड्नुपर्ने विषय बीचमै छाडेर दाहाल ब्याक भएको र सो विषयमा कार्यदलका सदस्यहरुले पनि धोका दिएको नेपालको निष्कर्ष छ ।

स्रोतका अनुसार, नेता नेपाल ओलीले दुवै पद नछाड्ने गरी कार्यदलले दिएको सुझावसँग पनि असन्तुष्ट छन् । सरकार सञ्चालनका लागि संयन्त्र निर्माण गर्न नेपालले प्रस्ताव गरेका थिए ।

कार्यदलबाट बुझाइएको प्रतिवेदनमा यो विषय समेटिएको छैन । संयन्त्र निर्माणको विषयलाई छलफलको विषय नै नबनाइ अध्यक्षद्वयको अधिकार बढाउने गरी प्रतिवेदन बुझाइएर कार्यदल ओली–प्रचण्डको लाचार छाया बनेको नेता नेपालको बुझाइ छ ।

विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलमा उनी पक्षकै भीम रावल र सुरेन्द्र पाण्डे सहभागी थिए ।

कार्यदलले एक व्यक्ती एक पदको चुरो कुरो नै छुटाएर प्रतिवेदन तयार पारेको भन्दै नेपालले आफ्ना दुई सदस्यहरूको भूमिकामाथि प्रश्न उठाएको छ ।

पालले प्रदेश कमिटी गठनदेखि नै एक व्यक्ति एक पदको कुरा उठाउँदै आएका थिए । २०७५ भदौमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ र पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेललाई विधानविपरीत सम्बन्धित प्रदेश इन्चार्जसमेतको जिम्मेवारी थपिएको भन्दै नेपाल रुष्ट बनेका थिए ।

२०७५ साउन १२ गते इन्द्रेणी फुडल्याण्डमा स्थायी कमिटी सदस्यहरूलाई बोलाएर असन्तुष्टि पोखेका थिए । त्यसयता निरन्तर नेपाल यही अडानमा छन् ।

२०७५ भदौ ३ गतेको सात बुँदे नोट अफ डिसेन्टमा पनि एक व्यक्ति एक मुख्य जिम्मेवारीकै कुरा समेटिएको छ । र, पछिल्लो बखेडा र कार्यदल गठनसम्म आइपुग्दा पार्टीको मुख्य विवाद नै यही बनेको थियो । तर, कार्यदलले यसैलाई समात्न नसकेको नेपाल पक्षको ठहर छ ।

Related Articles

Back to top button
Close