समाचार

अँध्यारोको व्यापार: अँध्यारोमै राख्ने ‘अपराध’ का नाइके मुकेशराज काफ्ले

रमेश कुमार, काठमाडौ । हिउँदमा १६ घण्टा मात्र होइन, वर्षायाममा खोलामा बाढी आएर टनाटन विद्युत् उत्पादन भएका वेला समेत लोडसेडिङको कहर खेपेर नेपालीको एक दशक (२०६३–७३) अँध्यारोमा बित्यो । तर, एकाएक, वर्षभरिमा सबैभन्दा बढी विद्युत् माग हुने २०७३ को लक्ष्मीपूजामा देशैभरि लोडसेडिङ भएन । सबैलाई अचम्मित तुल्याउँदै नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ‘आइन्दा लोडसेडिङ नहुने’ सार्वजनिक घोषणा गरे । नभन्दै, त्यसयता बिजुलीको चरम अभाव हुने दुई हिउँद लोडसेडिङ विना बितेको छ । लाग्छ, एउटा दुस्वप्नको अन्त्य भएको छ ।

तर, त्यस्तो के चमत्कार भयो, जसले दशक लामो अँध्यारोमा अभिशप्त मुलुकवासीलाई उज्यालो बनायो ?

प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङ लगायतका अधिकारीहरू विद्युत्को ‘लोडको वैज्ञानिक व्यवस्थापन’ कै कारण लोडसेडिङ हटेको बताउँछन् । तर, ‘लोड व्यवस्थापन’ भित्रको लुकेको पाटो फुकाउन चाहँदैनन् । खोज पत्रकारिता केन्द्रलाई प्राप्त केही कागजातले विद्युतको उच्च माग हुने साँझ-विहान(पिक डिमाण्ड अवधि) का वेला नागरिकका घरमा बिजुली काटेर पहुँचवाला र केही व्यवसायीलाई आपूर्ति गर्ने ‘धन्दा’ का कारण विद्युत्को हाहाकार बढाएको देखिन्छ । करीब डेढ सय मेगावाट विद्युत् सरकारी कार्यालय र पहुँचवाला उद्योगी व्यवसायीलाई अविच्छिन्न दिइएपछि विद्युत्को माग र आपूर्तिबीचको असन्तुलन खेपिरहेको मुलुकमा लोडसेडिङलाई भयावह बनाएको थियो ।

नेपाल समाचारपत्र को पुरा लेख हेर्नुहोस रमेश कुमारले तयार पारेका तलको लिन्क किलिक गर्नुहोस

खाेजपत्रकारिता केन्द्रका लागि रमेशकुमारले तयार गरेको रिपोर्ट ।

Related Articles

Back to top button
Close