समाचार

कुलमान घिसिङको जन्म घर पुग्दा जे देखियो, उनका आफन्त उनको बाल्यकालबारे यसो भन्छन (भिडियो)

काठमाडौँ, १३ भदौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार बर्षे कार्यकाल सकिदै छ । जनताहरु उनलाई नै पुन: नियुक्ति गर्नु पर्ने माग राख्दै आएका छन् । ०७३ सालको भदौ २९ गते नियुक्त भएका उनको अब चार वर्षे कार्यकाल यही भदौ २९ गते सकिँदै छ ।

दैनिक १८ घण्टा सम्म लोडसेडिङ हुदै गर्दा कुलमान घिसिङ प्राधिकरणका कार्यकारी निर्देशक बनेका थिए । त्यसपछि एकाएक देश लोडसेडिङ मुक्त बनेको थियो । जिन्दगि भर अन्धकार देखेको नेपालीले कुलमानको यो काम देखेर उनलाई भगवान कै संज्ञा पनि दिन थाले । त्यसैले अहिले कुलमानलाई नचिन्ने मानिस थोरै मात्र होलान ।

रामेछापको दुर्गम गाउँ बेथानमा जन्मिएका कुलमानको प्राथमिक शिक्षा गाउँमै वित्यो। ५ कक्षा पास गरेपछि उनी दाइहरुसँग काठमाडौँ आएपछि बालसेवा माध्यमिक विद्यालयमा र पछि अमरआस बोर्डिङ स्कुलमा पढे। विद्यालय शिक्षा सकेपछि उनले अस्कल क्याम्पसबाट आईएस्सी गरेका थिए ।

आइएस्सी पछी उनले छात्रवृत्तिमा भारतको जम्सेदपुरबाट सन् १९९४ मा विद्युतीय इन्जिनियरिङ गरेका थिए । त्यसपछि नेपाल फर्केर जागिर गर्दै गर्दा पुल्चोक क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गरेका थिए । इन्जिनियरिङमा मास्टर्स गर्दा ‘इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमाण्ड साइड म्यानेजमेन्ट’मा थेसिस गरेका थिए । घिसिङले पोखरा विश्वविद्यालयबाट इएमबीए पनि गरेका छन्। आफ्नो जागिरसंगै उनले दुई डिग्री समेत हासिल गरेका छन् ।

हिजो आज कुलमान घिसिङको प्राधिकरणमा कार्यकारी निर्देशकको पदमा पुन: नियुक्ति हुनु पर्छ भन्ने आवाज उठी रहेको छ । कुलमान घिसिङ आफैले त्यसको दावी नगरेपनि कलाकार, पत्रकार देखि अधिकांश जनता भने कुलमान नै चाहिने भन्दै सामाजिक संजाल मार्फत आफ्नो आवाज उठाई रहेका छन् ।

यसै बीच केहि युट्युबरहरु कुलमान घिसिङको जन्मस्थल रामेछापको दुर्गम गाउँ बेथान पुगेका छन् । उनि जन्मेर ४ कक्षा सम्म प्राथमिक शिक्षा त्यहि गाउमा लिएका थिए । अरु नेपालीको जस्तै घास दाउरा र गोठाला गर्दै प्रारम्भिक शिक्षा हासिल गरेका कुलमानको घर पुग्दा उनका आफन्तहरु के भन्छन त हेर्नुहोस ।

Related Articles

Back to top button
Close