समाचार

आजदेखि बुधबारसम्म मेघगर्जनसहित वर्षा हुने

काठमाडौं, आज सोमबारदेखि आगामी तीन दिनसम्म देशमा वर्षा हुने क्रम अलि बढ्ने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार बुधबारसम्म देशका धेरै स्थानमा हल्कादेखि ठूलो (भारी) सम्म वर्षा हुने सम्भावना छ । हेरौं, महाशाखाले जारी गरेको ३ दिनसम्मको वर्षा अनुमान – सोमबार:दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । प्रदेश १ र प्रदेश २ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।राति : देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ ।

प्रदेश १, प्रदेश २, बागती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।मंगलबारदिउँसो : देशका अधिकांश भूभागमा पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।राति : देशभर पूर्ण बदली रहनेछ । बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र प्रदेश १ र प्रदेश २ का केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ ।

गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । बुधबार-दिउँसो : देशका अधिकांश भूभागमा पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एकरदुइ स्थानमा भारी वर्षाको सम्भावना छ ।राति : देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

Related Articles

Back to top button
Close