समाचार

बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर आजको मन्त्रिपरिषद्‌ बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं । कोरोना संक्रमण थप बढ्दै जाँदा सरकारले लामो दूरीका यातायातका साधन र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म सञ्‍चालन नगर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्‌को आइतबार बसेको बैठकले कोरोना संक्रमण फैलिने क्रम नरोकिएकाले लामो दूरीका यातायात र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म नचलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी गर्नुभयो ।

सरकारले आन्तरिक उडान तथा लामोदुरीका यातयात भदौ मसान्तसम्म स्थगित गर्ने निर्णय गरेको छ । यसअघि भदौ १५ गतेदेखि हवाई उडान खोल्ने तयारी सरकारले गरेको थियो । कोरोना संक्रमण झन बढ्दै गएपछि मसान्तसम्म उडान स्थगित गर्ने निर्णय लिनुपरेको सरकारका एक मन्त्रीले जानकारी दिनुभयो । आइतबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रि परिषद बैठकले सो निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय उडान भने शर्तसहित कायमै राख्ने सरकारले भनेको छ । कुनै हवाई कम्पनीले कोभिड १९ संक्रमणका लागि पीसीआर टेष्ट, होटल क्वारेन्टाइन सहितको खर्च व्यवस्थापनको जिम्मा लिएमा बाहिरबाट यात्रु ल्याउन सकिने बाटो सरकारले खुला राखेको छ । त्यस्तै, मन्त्रि परिषद बैठकले हङकङका लागि उदय राना र ल्हासाका लागि नवराज ढकाललाई महावाणिज्य दूत नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

Related Articles

Back to top button
Close