समाचार

वीरगँजको नारायणी हस्पिटलमा जिउँदै सडदै विरामी, अवस्था देखेर भक्कानिए पत्रकार

न्यूज ब्यूरो, बीरगँज । प्रदेश नं. २ को आर्थिक नगरी वीरगँजको नारायणी हस्पिटलमा दुई विरामी जिउँदै सडन् बाध्य भएको अवस्था देखेपछि पत्रकार पनि भक्कानिए ।

सवारी दुर्घटनामा परी घाईते भएका दुई पुरुषलाई अस्पतालको एक कोठामा कैदी बन्दी जस्तै बनाएर राखेको खुलेको छ । अस्पतालको एक कोठामा ती दुई जनाले दिशा, पिसाब, खाना र अन्य सबै कार्य गर्न बाध्य भएका छन् ।

एक पुरुष पनि चोट लागेर सोही कोठाको बाहिर उपचारको प्रतीक्षामा बसेका छन् भने भित्र रहेको दुई जना एउटै कोठामा दानवीय व्यवहारको शिकार भएका छन् ।

अभियन्तासँगै न्यूज ब्यूरोका वीरगँज सहकर्मी समेत रहेका सौरभ साहले सडकबाट उठाएर एक जनालाई उपचारको लागि अस्पताल लग्दा त्यहाँ गोप्य सूचनाको आधारमा दुई जनाको कैदीजन्य व्यवहारलाई बाहिर ल्याएको छ ।

करिब १६ दिनदेखि बरण्डामै बाहिर बसेको मिठुलाल नामक एक पुरुषले डाक्टर कहिलेकाँही मात्र उपचारको लागि आउने गरेको बताएका छन् । नियमित रुपमा चिकित्कसहरु नआएर उनीहरुको अवस्था दयनीय भएको छ ।

एउटै कोठामा खाना खाएर दिशा पिसाब गर्न बाध्य भएका छन् । दुर्घटनामा गम्भिर चोट लागेका उनीहरुको कोठाको अवस्था हेर्दा जँगली जनावरभन्दा पनि खराब रहेको देखियो । फोहोरै फोहरले भरिएको सोही कोठामा उनीहरु निको हुनुभन्दा झन रोग र वातावरणले मर्ने अवस्था सृजना भएको देखियो ।

उनीहरुलाई उद्धार र सबल उपचारको लागि अभियन्ता एवम् सँस्थाहरुको उपस्थितिको खाँचो देखिएक छ

समाचार स्रोत्: न्युज ब्युरो नेपाल 

भिडियो हेर्न माथिल्लो लिन्क किलिक गर्नुहोस

Related Articles

Back to top button
Close