समाचार

उपत्यकामा जारी निषेधाज्ञाको स्वरुप फेर्ने तयारी, बुधबार यस्तो निर्णय हुने

काठमाडौं : काठमाडौं उपत्यकाको तीन जिल्लामा जारी निषेधाज्ञालाई नयाँ स्वरुपमा लैजान प्रमुख जिल्ला अधिकारीबीच भर्चुअल बैठक भएको छ। निषेधाज्ञाबारे उपयुक्त निर्णय गर्न काठमाडौं ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, उद्योग

वाणिज्य तथा आपूर्ति मन्त्रालयसहित विभिन्‍न क्षेत्रका विज्ञ, जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग छलफल सुरु गरेका छन्। ‘तीन जिल्लाका प्रमखु जिल्ला अधिकारीबीच आज मात्रै भर्चुअल बैठक गरेका छौँ, सबै सरोकारवालासँग परामर्श लिने काम भएको छ, त्यसको आधारमा साझा धारणा बनाएर उपयुक्त निर्णय लिइने छ’, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने। उपत्यकाको तीनै जिल्लाका प्रमुख

जिल्ला अधिकारीको यही भदौ २ गतेको निर्णयानुसार ४ गते बिहान १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि उपत्यका तीनै जिल्लामा निषेधको आदेश जारी गरिएको थियो। भदौ १० गतेको निर्णयानुसार यही भदौ १७ गते राति १२ बजेसम्मका लागि उक्त आदेश कायम गरिएको छ । निर्धारित समयको एक दिन अगावै तीनै जिल्लाका प्रजीअले उपयुक्त निर्णय लिन छलफल र परामर्श शुरु गर्नुभएको हो।

विभिन्न क्षेत्रका प्रतिनिधिको सुझावका आधारतीनै जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञाको स्वरुप बारे साझा धारणा बनाउने र उक्त विषयमा बुधबार गृहमन्त्रालयसँग छलफल गरी परामर्शका आधारमा आवश्यक निर्णय लिइने उनले जानकारी दिए। प्रशासन कार्यालयका अनुसार कतिपय विज्ञबाट केही खुकुलो बनाउनुपर्छ भन्ने सुझाव आएको र कतिपय बाट अझै कडाइ गर्नुपर्ने सुझाव प्राप्त भएको छ। केही संस्थाले भने मध्यमार्गी निर्णय जरुरी रहेको सुझाव दिएको छ।

उपत्यका नगरपालिका फोरमले भने अझै कडा गर्नुपर्ने आवश्यकता औँल्याउँदै सुझाव पठाएको छ । फोरममा उपत्यकाका १८ वटै पालिकाका प्रमुख र उपप्रमुख आबद्ध छन्। फोरमका सचिव मदनसुन्दर श्रेष्ठले भने,’अहिलेसम्मको नतिजा हेर्दा सङ्क्रमण बढ्दै गएको देखिन्छ, त्यसैले हामीले अर्को एक हप्ता थप कडाइ गर्न सुझाव दिएका छौँ।‘ उनका अनुसार सर्वसाधारणले निषेधाज्ञाको पूर्ण पालना गरिरहेका छैनन्। त्यसैले नियन्त्रण हुन सकेको छैन। निषेधाज्ञाको समयमा जानाजान घुमफिरमा निस्कने जमात बढिरहेको छ। तरकारी तथा फलफूल बजारमा सामाजिक दूरी कायम हुन सकिरहेको छैन।

प्रहरीले समेत प्रभावकारी भूमिका निर्वाह गर्न सकिरहेको छैन। आफैँ सङ्क्रमित भएकाले न्यून सङ्ख्याका प्रहरीले सुरक्षा दिइरहनु परेको छ । जबर्जस्ती गाडी चलाउने क्रम रोकिएको छैन। दुई हप्ताको अन्तरालमा उपत्यकाका यसरी आदेश उल्लङ्घन गर्ने झण्डै १० हजार गाडी कारवाहीमा परिसकेका छन्। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले निषेधाज्ञा पूर्ण पालना गर्ने हो भने योभन्दा उपयुक्त कदम केही पनि नभएको बताए। उनले मानिसले स्वास्थ्य मापदण्ड पालना नगरे जस्तोसुकै कडा गरे पनि केही नहुने बताएका छन्।

थाहाखबर बाट

Related Articles

Back to top button
Close