समाचार

व्यापारीसँग मिलेर देशमा लोडसेडिङ गराउने मुकेश काफ्ले कांग्रेसद्वारा पुरस्कृत

काठमाडौं, १९ भदौ। देशका विवादास्पद व्यक्तिहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पुरस्कृत गरेका छन् । केन्द्रीय सदस्य एनपी साउदको नेतृत्वमा रहेको शुभेच्छुक संस्था समन्वय विभागमा विवादास्पद व्यक्तिहरु राखिएका छन् ।

जसमा बिद्युत् प्राधिकरणमा भ्रष्टाचारका आरोपी मुकेश काफ्लेदेखि बैंकिङ कसुर मुद्दा झेलिरहेका विष्णु धितालसम्म छन् ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा रहेर लोड सेडिङ बढाएको भन्दै उनको चौतर्फी आलोचना हुँदै आएको छ।

कांग्रेस समर्थित इन्जिनियरहरुको संस्थामा आवद्ध उनी गत निर्वाचनपछि भएको उक्त संस्थाको अधिवेशनमा पराजित भएका थिए। देउवा पक्षीय प्यानलबाट प्रत्यासी बनेका उनलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले हराएको थियो। व्यापारीहरुसँग मिलेर उनले जनतालाई लोडसेडिङ गराएको आरोप समेत छ ।

त्यस्तै विष्णु धिताल एपेक्स बैंकको अनियमिततामा मुछिएका व्यक्ति हुन् । जसलाई दुई वर्षअघि सिआईबीले पक्राउ गरी मुद्दा दायर गरेको थियो । पाटन अदालतमा उनको मुद्दा विचाराधित छ ।

विभागमा बढीमा ५१ जना सदस्य बनाउन मिल्ने विधानको व्यवस्था छ। देउवाले बिहीबार विस्तार गरेको शुभेच्छुक संस्था समन्वय विभाग ४८ जना थपेका छन्। साउदलाई उक्त विभागको प्रमुखको जिम्मेवारी गत फागुनमा दिएका थिए।

Related Articles

Back to top button
Close