भिडियो

जनताका नेता यस्ता हुन्छन् , आम नेपाली सङ्ग घुलमिलेर संघ सङ्गै सार्बजनिक यात्रा

केपी ओलीको नेतृत्वमा सरकार बनेपछि ४०० वटा पुल बनेछन तर पनि सरकारको काम देखिएन । ९४५ किलोमिटर सडक कालोपत्रे भयो तर काम देखिएन ।भारतबाट पाईपलाईनमा पेट्रोलियम पदार्थ आयो तर काम देखिएन । अन्तरास्ट्रिय विमान स्थलहरु तिब्र गतिमा बन्दैछन तर काम देखिएन । द्रुत मार्ग , हुलाकी र लोक मार्ग धमाधम बन्दैछन तर काम देखिएन । नागढुंगा नौविसे सुरुङ्ग मार्ग बन्न संझौता अघि बढ्यो तर काम देखिएन । भेरी वबई लगायतका सिंचाइ आयोजनाहरु अघि बढिरहेका छन तर काम देखिएन । ४०० तुईन विस्थापित भयो तर काम देखिएन ।

देशको स्वाभिमान इतिहासकै उच्च स्थानमा पुगेको अवस्था छ,तर काम देखिएन। विगतमा कयौं भिआईपीहरुलाई सेक्सुअल ह्यारेसमेन्टको आरोप लाग्यो कोहि सजायको भागिदार हुन परेन तर आज कम्युनिस्ट पार्टीको नेतृत्वको सरकार छ देशमा र कानुन भन्दा माथि आफ्नो होश या अर्को कसैले छुट पाउँदैन भन्ने पुष्टि भएको छ । त्यसकारण म त सरकारलाई सलाम भन्छु .. नियत राखेर धारेहात लगाउनेलाई राम्रोसँग चिनौं । सकारात्मक पक्षलाई साथ दिउँ ।

Related Articles

Close