समाचार

सर्प पाल्न अर्ब अनुदान दिन मिल्ने, महाविर पुनलाई ५ पैसा ऋण पनि दिन नमिल्ने ?’

काठमाडौं : बुद्धिजीवी भीम उपाध्ययले सरकारले सर्प पाल्न अनुदान दिने तर, राष्ट्रिय आविष्कार केन्द्रका महाविर पुनलाई दिन किन नमिल्ने भन्दै सरकारलाई प्रश्न गरेका छन्। नेपाल सरकारका पूर्व सचिवसमेत रहेका उपाध्यायले कोरोनाको नाममा २० औँ अर्ब ऋण लिने र यही मौकामा सर्प पाल्न अर्ब रुपैयाँ दिने भन्दै आपत्ति जनाएका हुन्।

‘कोरोनाको नाममा २० औँ अर्ब रुपैयाँ ऋण लिने यही मौकामा यता सर्प पाल्न अर्ब रुपैयाँ अनुदान दिने,’ उनले भनेका छन्, ‘देशविदेशबाट चन्दा पाएर कोभिड व्यवस्थापनका लागि मेडिकल सामाग्रीहरु स्वदेशमा बनाएर सित्तैमा अस्पताल, चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई वितरण गरिरहेका महावीर पुनलाई सरकारले पाँच पैसा पनि अनुदान वा ऋण दिन नमिल्ने नदिने ?’ यो मात्रै हैन उनले नेपालको कानून, नीति, शासन र प्रशासनतन्त्रलाई कवाडी तन्त्रको पराकाष्ठासमेत भनेका छन।

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रतिष्ठानले सर्प पाल्नको लागि ७२ करोड रुपैयाँ अनुदान पाएपछि चौतर्फी आलोचना भइरहेको छ।

Related Articles

Back to top button
Close