समाचार

गोकुल बास्कोटाले अडियो नक्कली भनेपछि ७० करोड घुस मागेको भिडियो नै सार्वजनिक हुदैँ (भिडियोसहित)

७० करोड घुसकाण्डमा मुछिएका पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटालाई अहिलेसम्मकै ठूलो झड्का लाग्ने देखिएको छ । ७० करोड घुसकाण्डमा बार्गेनिङ् गरेको अडियो मिडियामार्फत सार्वजनिक गर्ने एजेन्ट भनिएका विजय प्रकाश मिश्रले भिडियो समेत सार्वजनिक गर्ने तयारी गरेपछि बास्कोटालाई नसोचेको झड्का लाग्ने भएको हो ।

जापानबाट पत्रकार ऋषि धमलासँग लाईभ कुराकानी गर्दै मिश्रले बास्कोटाले ७० करोड नभएर ६ अर्ब बढी घोटाला गरेको कुराकानीसहितको करिब ४ मिनेट लामो भिडियो आफूसँग सुरक्षित रहेको बताएका हुन् । मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ हप्ताभित्र उपस्थित हुन भनेपछि त्यसमा उनले असन्तु्ष्टि जनाएका छन् ।

अख्तियारले चार्टड विमान पठाए तत्काल आउन सक्ने तर नियमित उडानमार्फत सेप्टेम्बर १६ तारिख पछि मात्रै आउन सक्ने बताए । पछिल्लो समय नेकपा नेता समेत रहेका बास्कोटा अडियो क्यारीकेचर गरेर बनाईएको आवाज भन्दैं आएका छन् ।

भिडियो हेर्नुस्ःः

Related Articles

Back to top button
Close