समाचार

कञ्चनपुरमा डिउटीमै ढलेर वेहोस भएका प्रहरी जवानको मृ’त्यु

धनगढीः कञ्चनपुरमा डिउटीमा खटिएका बेला ढलेर बेहोस भएका प्रहरी जवानको मृत्यु भएको छ। दंगा नियन्त्रण प्रहरी गण बंकमा कार्यरत डडेल्धुराको अजयमेरु गाउँपालिका २ घर भएका प्रहरी जवान सुरेन्द्र कुमार ऐरको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले शुक्रबार राती १२ बजेको समयमा ५ नम्बर पोष्टमा डिउटीमा खटिएका ऐर एक्कासी ढलेर बेहोस भएका थिए।

उनलाई तत्कालै उपचारका लागि धनगढी ल्याईएकोमा आज बिहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले शुक्रबार राती १२ बजेको समयमा ५ नम्बर पोष्टमा डिउटीमा खटिएका ऐर एक्कासी ढलेर बेहोस भएका थिए।

Related Articles

Back to top button
Close