समाचार

प्रचण्ड को घरबेटी सहित देश चुस्ने ठुला माफीयालाइ जनकारबाही गर्नै बिप्लप को घोषणा

काठमाण्डौ – नेत्रविक्रम चन्द विप्लव समूहले मल आपूर्तिमा ढिलाइ गर्ने, रेल्वे ठेक्का परियोजनाका ठेकेदारमाथि सरकारले तुरुन्तै कारबाही नगरे आफैंले कारबाही गर्ने चेतावनी दिएको छ। शनिबार विज्ञप्ति जारी गरी किसानलाई मल उपलब्ध नगराएर राष्ट्रघात गरेको, काँकडभिट्टा-इनरुवा रेल्वे ठेक्कामा अर्बौं चलखेल रहेको भन्दै उसले सरकारले तुरुन्तै कारबाही नगरे आफ्नो पार्टीले गर्ने चेतावनी दिएको हो।

काँकडभिट्टा–इनरुवा रेल्वे ठेक्कामा भ्रष्टाचार गरेको भन्दै रेल विभागका हाकिम र ठेकदारहरुका साथै मलको ठेक्का लिएर किसानलाई उपलब्ध नगराउने ठेकदार (प्रचण्डका घरबेटी) समेत लाई सरकारले तत्काल कारबाही गर्न प्रकाण्डले माग गरेका छन् । सरकारले उनीहरुमाथि कारवाही नगरे आफ्नो पार्टीले कारबाही गर्नेे प्रकाण्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले विज्ञप्ति जारी गरी ठेकेदारहरूको नाम पनि सार्वजनिक गरेका छन्। यो कारबाही सूचीमा रेल्वे विभागका महानिर्देशक बलराम मिश्र, शैलुङ कन्स्ट्रक्सन कम्पनीका सञ्चालक शारदाप्रसाद अधिकारी, होविको मल्टिमलका हुमनाथ कोइरालाललगायत छन्। काँकडभिट्टा–इनरुवा खण्डमा रेल विभागले ३३ अर्ब माथिको ठेक्का मुआब्जा वितरण नगरी, प्राविधिक एवम् आर्थिक मूल्याङ्कनबिनै, आफ्नै राज्यको कानुनविपरीत लगाइएको आरोप विप्लव समूहले लगाएको छ।

विभागका महानिर्देशक बलराम मिश्र, शर्मा एण्ड कम्पनीका रमेश शर्मा, गोल्डेन गुड्स कम्पनीका ग्याल्जे शेर्पा, कालिका कम्पनीका विक्रम पाण्डे र लामा कम्पनीका जिपछिरिङ लामा लगायतले ६ अर्ब भन्दामाथिको कमिशनको खेल र सेटिङ नेपाली जनताको सम्पत्ति लुट्ने गर्ने डिजाइन गरेको र सो कुरा सरकारले नसुनेको विज्ञप्तिमा उल्लेख छ।

‘नेपाली किसानहरूको धानबाली असोजबाट पाक्न थाल्छ । किसानहरु मल अभावले छटपटाइरहेका छन्,’ विप्लव समूहको वक्तव्यमा भनिएको छ, ‘वर्षेबालीका निम्ति आवश्यक पर्ने मल आपूर्तिको निम्ति भनेर सरकारले पौष–माघ महिनामा ठेक्का आह्वान गरेर सरकारी नेकपा र नेपाली कांग्रेसका नेताहरुका रक्षाकवच शैलुङ कस्ट्रक्सन कम्पनीका शारदाप्रसाद अधिकारी (प्रचण्डका घरबेटी) र होविको मल्टीपल कम्पनीका होमनाथ कोइरालालाई कथित सस्तो दरमा मल आपूर्ति गर्ने नाटकमा ठेक्का दियो । जुन कम्पनी निर्माण क्षेत्रमा दर्जनौं पुल र सडकहरु वर्षौंसम्म अलपत्र पार्ने कम्पनी हुन् भने ठेकदारहरु राज्यको ढुकुटी लुटेर नेता र आफ्ना व्यक्तिगत सम्पतिमा बदल्ने भ्रष्ट, कमिसनखोर र बदनाम तत्वहरु हुन् ।’ हेर्नुहोस् विप्लव समूहको विज्ञप्ति

Related Articles

Back to top button
Close