समाचार

मलेसियामा नेपाली युवालाई मृ,त्यद,ण्डको फैसला

काठमाडौं । मलेसियामा एक नेपाली युवालाई मृ,त्युद,ण्डको फैसला सुनाइएको छ । चार वर्षअघि एक लरी चालक नेपाली नागरिककै ह,त्या गरेको अभियोगमा ३६ वर्षीय नेपाली युवा सुरजदेव शाह तेलीलाई उच्च अदालतले दोषी ठहर गर्दै मृ,त्युद,ण्डको फैसला सुनाएको हो ।

क्वालालम्पुरस्थित नेपाली दूतावासका जेल अधिकृत द्वितीय सचिव प्रतिक कार्कीका अनुसार उनलाई मलेसियन पिनल कोडको दफा ३०२ अन्तर्गत गएको १७ अगष्टमा मृ,त्युद,ण्डको फैसला सुनाइएको थियो । उनलाई उच्च अदालतका न्यायाधीश दातुक मोहम्मद रज्जी हारुनले घट,नामा दो,षी ठहर्याउँदै मृ,त्युद,ण्डको सजाय सुनाएका हुन् ।

तेलीलाई सन् २०१६, डिसेम्वर २ तारिखका दिन विहान १ः३० देखि ४ बजेर ५ मिनेटको बीचमा ३४ वर्षीय हरिथास नाम गरेका नेपाली युवाको ह,त्या गरेको अभियोग लगाइएको थियो । नेपाली राजदूतावासका तर्फबाट भा,रतीय मुलकी अधिवक्ता करनजीत कौरले तेलीका तर्फबाट मु,द्दा लडेकी थिइन् ।

Related Articles

Back to top button
Close