भिडियो

निषेधाज्ञाले बनायो निरीह : धादिङका गणेशले भारी बोक्न नपाउँदा घर धान्न पनि सकेनन (भिडियो)

काठमाडौं, २२ भदौ । गत बर्षको माघ महिनादेखि नेपालमा उपस्थिति जनाएको कोरोना भाइरस संक्रमणको असर अझै कति भोग्नु पर्ने हो भन्ने अझै अनिश्चित छ । तर यसबीचमा नेपाली समाजले भोगेको पीडा अझ लम्बिने हो भने हाम्रो सामाजिक मूल्य मान्यता नै धराशायी बन्ने सम्भावना प्रबल देखिन थालिएको छ ।

अर्कोतर्फ कोरोनाको रोकथामका लागि लकडाउन र निषेधाज्ञालाई नै बलियो ओखती मान्दा अर्थतन्त्रको सबै परिसूचक कमजोर बन्न थालेपछि हरेक गृहणीमाथि भान्साको भार थपिदो छ भने भारी बोकेर घरको भार थामिरहेकाहरुको जीवन कहालीलाग्दो बन्दै गएको छ ।

सरकारले पनि कोरोना भाइरसको रोकथामका लागि लकडाउन र निषेधाज्ञा भन्दा अर्को ओखती नदेख्दा यस्ले पारेको असरले हरेक गृहणीको भान्सा कठिन बन्दै गएको छ । हुँदा खाने वर्गको दिनहरु कठिन बनिरहेका छन् भने हुने खानेहरुको भान्सा पनि सहज छैन ।

कोरोनाका कारण जारी लकडाउनसँगै धादिङ घर भई काठमाडौमा भारी बोकेर जीवन धानिरहेका गणेशबहादुर नेपालीले भारी बोक्ने काम पाउन छाडे । महिनाको ४५ सय रुपैयाँ भाडा तिर्न नसक्दा घरबेटीले कोठाबाट निकालिदिए । अनि जीवन धान्न भारी बोक्ने नाम्लो, अहिले भोको पेटमा कसिएको छ । नेपालीलाई लाग्दैछ, रोकले मरिन्छ ।

Source:news24nepal

Related Articles

Back to top button
Close