समाचार

प्राधिकरणमा कुलमान घिसिङलाई आजै पुन: नियुक्त गर्ने सम्भावना बलियो

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरण्को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा कुलमान घिसिङलाई पुनः नियुक्ति गर्ने तयारी अघि बढाएको छ ।

घिसिङलाई सिइओ नियुक्तिका लागि उर्जा मन्त्रालयले आज बस्ने मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने भएको हो ।

घिसिङको चार वर्षे कार्यकाल यही भदौ २९ गते सकिँदै छ । अर्को कार्यकालका लागि पनि उहाँलाई नै प्राधिकरणमा पुनः नियुक्ति गर्नुपर्ने चर्को दबाब सर्वसधारणबाट आइरहेको छ । चार वर्षअघि १८ घण्टासम्म हुँदै आएको लोडसेडिङ घिसिङ सिइओो रुपमा आएपछि अन्त्य भएको थियो ।

घिसिङले जिम्मवारी लिएपछि घाटामा रहेको प्राधिकरणलाई गत आर्थिक वर्षसम्म ९ अर्ब सञ्चित नाफामा पु¥याउनुभएको छ ।

प्राधिकरणमा नयाँ व्यक्ति ल्याउन खुला प्रतिस्पर्धाबाट ल्याउनु पर्ने विनियमावलीको व्यवस्था छ । तर पुरानैलाई निरन्तरता दिन खुला प्रतिस्पर्धामा जानु पर्दैन । हालसम्म सरकारले खुला प्रतिस्पर्धाबाट उम्मेद्वार आह्वान नगरेकाले कुलमानको सम्भावना बलियो रहेको ऊर्जा मन्त्रालय स्रोतको दाबी छ ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले भने घिसिङलाई नै निरन्तरता दिनुपर्ने अडानमा रहनुभएको छ ।बुधवार भएको ओली र दाहालबीचको भेटवार्तामा पनि घिसिङको नियुक्तिबारे छलफल भएको थियो ।

Related Articles

Back to top button
Close