रोचक

सुशान्त निधन प्र’करणले लियो नयाँ मोड, आफ्नै बहिनीमाथी सोझियो नि’शाना

काठमाडौं। बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको डेढ महिना नाघिसक्दा पनि यस घ’टनाको चर्चा भइरहेको छ । सुशान्त मृ’त्युपछि पनि अहिले समाचारमा छाइरहेका छन्।

यस घ’टनाको अनुसन्धानको क्रममा नयाँ खुलासा हुँदै गइरहेको छ भने घ’टनाले नयाँ मोड लिदै गइरहेको छ । यस्तै सत्य तथ्य पत्ता लगाउनु पर्ने भन्दै सुशान्तका समर्थकहरुले आवाजहरु उठाइरहका छन् । यसैबीच मुम्बई प्रहरीले सुशान्तकी बहिनीवि’रुद्ध एफआइआर दर्ता गरेको छ।

सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको उजुरीका आधारमा सोमबार सुशान्तकी बहिनी प्रियंका सिंह, दिल्लीस्थित राममनोहर लोहिया अस्पतालका डा. तरुणकुमार र अन्य केहीवि’रुद्ध मुम्बईको बान्द्रा प्रहरीमा एफआइआर दर्ता गरिएको भारतिय मिडियामा जनाइएको छ । उनीवि’रुद्ध प्रहरीले आ’पराधिक ष’डयन्त्र गरेको र सुशान्तको ज्या’न फाल्न उक्साएको भन्दै एफआइआर दर्ता गरेको हो।

उक्त उजुरीमा रिया चक्रवर्तीले गत ८ जुनमा सुशान्तले आफ्नी बहिनीसँगको मोबाइल मेसेज देखाएको र बहिनीले औ’षधि लिन आग्रह गरेको बताएकी छिन् । त्यस समय आफुले बहिनीले भनेको भन्दा पनि डाक्टरले औ’षधि प्रयोग गर्न आग्रह गर्दै सम्झाएको उनले बताएकी छिन्।

त्यस्तै रियाले बहिनीले डा। तरुणकुमारसँग न’क्कली प्रेस्क्रिप्सन बनाएको पनि बताएकी छिन् । यस के’समा रिया चक्रवर्तीलाई अ’भियुक्त मान्दै सीबीआईले उनीमाथि अनुसन्धान गरिरहेको छ।

त्यस्तै उनीमाथि ला’गुऔ’षध किनबेच बिष्यामा पनि अनुसन्धान भइरहेको छ । यस मामलामा रियाका भाइसहित ९ जना प’क्राउ परिसकेका छन् । आज भन्दा डेड महिनाअघि सुशान्त सिंह राजपूत मुम्बई स्थित आफ्नो घरमा मृ’त फेला परेका थिए।

Related Articles

Back to top button
Close