समाचार

दैलेखमा घट्यो मुटु काप्ने घटना : पापीले पशुलाइ

काठमाडौं । दैलेखमा मु’टु का’प्ने एक वि’भ’त्स घटना घटेको छ । दैलेखको भैरवी गाउँपालिका–२ रावतकोटका कमल थापा आफ्ना दुइटा गोरुलाई बिहीबार बेलुका घरनजिकैको बारीमा बाँधेर, घाँस दिएर घर जानु भएको थियो । यो बेला मलका लागि गाईगोरू बारीमा बाँध्ने गरिन्छ ।

बिहीबार तल्लो गरामा बाँधेका गोरू माथिल्लो गरामा सार्न भनेर थापा गोरू भएको ठाउँमा आए । तर जब उनले आफ्ना गोरूको अवस्था देखे तब उनको होस उड्यो । उनका अनुसार माथिल्लो बारीमा गोरू सार्छु भनेर गएका उनले गोरूको शरीरभर र गत देखेपछि एकछिन होसमा नै थिएनन् ।

थापाका दुवै गोरूलाई ठाउँ–ठाउँमा का टि दि एका छन् । थापाका अनुसार एउटा गोरूको दुइटै खुट्टा छि ना इ दि ए का छन्, मुखमा पनि धा रि लो ह ति या र ले छि या छि या पारेर का टि एको छ । अर्को गोरूको एउटा खुट्टा र पुच्छर छि ना इ एको छ भने मुख र जुरोमा छि या छि या पारिएको छ ।

बाँधिराखेका बोल्न नसक्ने प्राणीलाई यसरी नि र्दयी बनेर कस्ले कसरी यो सब गर्यो हो भन्ने कुरा थापाले सोच्न पनि सकिरहेका छैनन् । कसैलाई पूर्ण रूपमा शंका गर्न सक्ने अवस्था नरहेको उनले जानकारी दिए । उनले दुई जनालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।

एक जनाको कान र सर्टमा र ग त लागेको भेटिएपछि सोधपुछका लागि उनीसहित दुई जना प्रहरीको नियन्त्रणमा लिएको हो ।भैरवी गाउँपालिका–२ का वडा अध्यक्ष हरि बहादुर थापाका अनुसार पक्राउ पर्नेमा छिमेकी राजु विष्ट र भीमबहादुर विष्ट छन् । पक्राउ परेकाहरूलाई सोधपुछका लागि गाउँपालिकामा रहेको प्रहरी चौकीमा राखिएको छ ।

गोरूका मालिक थापाले आफू जाहेरी दिन जिल्ला प्रहरी कार्यालय जान थालेको पनि जनाएका छन् । उनका अनुसार एक जना अलि शंका लागेको मान्छे छ । थापाको ति व्यक्तिसँग गोरुमाथि गरिएको कारबाही भन्दा अघिल्लो दिन अलिअलि विवाद भएको थियो ।

कानूनअनुसार यस्तो कार्य गर्ने व्यक्तिलाई कैद र जरिवाना दुवै सजाय हुन्छ । मुलुकी अ–परा–ध संहिताको दफा २८९ को उपदफा १ मा यस्तो कार्यलाई पशुपंक्षीसम्बन्धी कसूरका रूपमा व्याख्या गरिएको छ ।

यसरी कुनै गाई गोरू म रेमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुनसक्छ । अर्कोतिर उपदफा ३ मा कसैले गाई वा गोरूलाई अं गभं ग पारेमा त्यस्ता व्यक्तिलाई ६ महिनासम्म कैद र अन्य चोट पुर्‍याएमा ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ । जनबोलि बाट

Related Articles

Back to top button
Close