समाचार

चितवनमा २ सेनाको दुखद ज्यान गयो

चितवन, २७ भदौं । रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर चितवनमा दुई जना सैनिकको ज्यान गएको छ । कालिका नगरपालिका वडा नम्बर ८ शक्तिखोर स्थित सिंहनाथ गणमा कार्यरत दुईजना सैनिकको शनिबार आज बिहान मृत्यु भएको हो ।

सैनिक कम्पाउण्ड भित्र रहेका रुखको हाँगा काट्दा उनिहरूलाइ करेन्ट लागेको थियो । करेन्ट लागेर सुवेदार र एकजना जवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुवेदार राजुबाबु श्रेष्ठको उपचारको लागि अस्पताल लैजााने क्रममा र सिपाही साजन कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नोट : तस्बिर सांकेतिक हो।

Related Articles

Back to top button
Close