भिडियो

श्रीमानले २ लाख ५० हजार भारुमा आफ्नै श्रीमती र छोरा बेचे, कोठीवाट भागेर नेपाल आएकी चेलीको रुँदै सकियो अन्तरबार्ता (भिडियो हेर्नुस्)

काठमाडौ । आफ्नै श्रीमानले भारतमा लगेर बेचेको घटना सार्वजनिक भएको छ । श्रीमानसंग भारत गएकी उनलाई श्रीमानले नै बेचेर आए पछि उनी भागेर नेपाल आइपुगिन् । श्रीमानले भारतमा अरु पुरुषसंग सम्बन्ध राख्न समेत लगाएको महिलाले बताएकी छन् । धनगढीकी महिला अहिले भागेर नेपाल आएपछि घटनावारे जानकारी गराएकी छन् । छोरासंगै भारत गएकी महिललाई छोरासंगै बेचेको महिलाले बताएकी छन् । आफु बेचिएको उनले सोही दिन थाहा पाएको बताएकी छन ।

विवाह गरेर घरमा गएपछि उनलाई घरमा पनि परिवारका सदस्यले निकै दुख दिने गरेका थिए । परिवारमा निकै दुख सहेकी उनलाई श्रीमानले भारतमा लिएर गएका थिए । भारतमा गएपछि उनलाई श्रीमानले रातीमा काममा जान पठाए । जसको घरमा काम गर्न गइन् उनले तँलाई तेरो श्रीमानले बेचेर नेपाल फर्किसक्यो भनेर सुनाएपछि थाहा पाएको बताइन् । अहिले उनी अस्वास्थ्य छन् । मुटुको विरामी उनी उपचार गराउन चाहन्छिन् । तर नेपाल आएपछि उनले आफुलाई न्याय दिन कसैले सहयोग नगरेको बताइन् ।

नेपालमा भएको घर र सम्पत्ती सबै बेचेर उनले अब म तँलाई सुख दिन्छु भारत लगेर बसौं भनेर छोरा सहित उनी श्रीमानको साथ लागेर गइन् । उनले विश्वास गरेर भारत गएपछि, यसरी बेच्छ होला भनेर शंका पनि लागेन । उनी भारतमा पुगेपछि सुरुमा निकै माया गरेको देखाए । तर पछि तिमी रातमा अर्कैको घरमा जाउ भनेर काम गर्न जाँदा त्यो पुरुषले अब तँ मेरो श्रीमती भएर बस्नुपर्छ । तेरो श्रीमानले तँलाई साढे २ लाखमा बेचेको हो भनेर सुनाएपछि आफु त्यहाँवाट भागेको बताइन् । उसको बच्चा स्कूलवाट लिएर आउँछु भन्ने वहाना बनाएर उनी घरवाट निस्केर छोरा लिएर भागेको बताइन् ।

उनले छोरा लिएर भाग्दाको अवस्था सम्झिदा अहिले पनि रुन्छिन् । यता घरमा बुवाको निधन भएको थियो । आमासंग सम्पर्क गर्ने फोन पनि थिएन । भारतको रेलको लिकमा आएपछि उनी भक्कानिएर रोइन् सबैले सुन्नेगरी अनि कसैले उनलाई सहयोग गरेर हिमाञ्चलसम्म आइपुगिन् । श्रीमान एउटा छोरा र एउटा छोरी लिएर उनलाई र कान्छो छोरालाई बेचेर नेपाल आएको बताइन् ।

Related Articles

Back to top button
Close