समाचार

दिनको ७५ हजार तिरेर मेयर शाक्य पत्नी र छोरासहित पाँचतारे होटल सोल्टीको आइसोलेसनमा

काठमाडौं । कोरोना संक्रमित काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य पत्नी र छोरासहित पाँचतारे होटल सोल्टी क्राउन प्लाजाको आइसोलेसन सेन्टरमा बसेको खुलेको छ । गत १५ गते संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा बस्ने बताउनु भएका मेयर शाक्य केही दिन घरमा बसेर परिवारसहित तारे होटलमा सर्नुभएको हो ।

होटल स्रोतका अनुसार झन्डै २० हजार रुपैयाँ शुल्क लाग्ने कोठामा चिकित्सकीय सुविधासहित बस्नु भएका शाक्यले प्रतिदिन २५ हजारभन्दा बढी शुल्क तिर्नुपर्छ ।

यद्यपि महानगरपालिकाले नागरिक स्तरबाट आलोचना हुने भन्दै शाक्यको होटल बासबारे बताउन चाहेन । स्रोतका अनुसार मेयर शाक्यको परिवारले लिएको तीनवटा कोठा र चिकित्सकीय सुविधासहित औसतमा दिनको ७५ हजार हाराहारीमा खर्च हुन्छ ।

पछिल्ला १२ दिनयताको होटल खर्च मात्रै ९ लाख हाराहारी पुगिसकेको छ । त्यतिका धेरै खर्च महानगरपालिकाले बेहोर्छ कि मेयर शाक्य आफैंले तिर्नुहुन्छ भन्ने प्रश्नको उत्तर भने प्राप्त हुन सकेको छैन ।

उपमेयर हरिप्रभा खड्कीले मेयर घरमै बसेको मात्रै आफूलाई जानकारी रहेको बताउनुहुन्छ । खड्काले भन्नुभयो, ‘होटलमा रहेकोबारे मलाई जानकारी भएन ।’ महानगरपालिकाका सूचना अधिकारी नमराज ढकालले पनि मेयर होटलको आइसोलेसनमा बसेको भन्नेबारे आफूलाई जानकारी नभएको बताउनुहहुन्छ । जनबोलीबाट

Related Articles

Back to top button
Close