समाचार

नेपाल रेल्वेमा जागिर खुल्यो, १२९ जना कर्मचारी माग 

जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेड जनकपुरधामले भारी सँख्यामा कर्मचारी माग गरेको छ । 

कम्पनीले आज प्रकाशित गरेको विज्ञापनमा विभिन्न तहमा १ सय २९ जना कर्मचारी माग गरेको हो । रेल्वे कम्पनीले विभिन्न पदमा आवश्यक परेको करार सेवामा खुल्ला प्रतिस्पर्धाद्धारा कर्मचारीहरु परिपूर्ति गर्नको लागि सोमबार विज्ञापन निकालेको हो । 

सो क्रममा शाखा अधिकृतको लागि अधिकृत तृतिय स्तरमा प्रशासन सेवाको लागि समान्य प्रशासन तर्फ १ जना कर्मचारी माग गरेको छ । कानुन अधिकृत १ जना र स्टेशन मास्टर ३ जना माग गरिएको छ । यी ३ पदको लागि न्यून्तम योग्यता भने स्नातक उतीर्ण माग गरिएको छ । कानुन अधिकृतको लागि कानुन बिषयमै स्नातक उतीर्ण उम्मेदवार माग गरेको हो । 

यस्तै, पाँचौ तहको लागि सव ईन्जिनीयर तर्फ मेकानिकलको लागि १ जना माग गरिएको छ । जसको लागि न्यून्तम योग्यता भने मेकानिकल वा इण्डष्ट्रियल वा अटोमोबाइल इन्जिनरियरिँग डिप्लोमा वा सो सरह माग गरिएको छ । 

पाँचै तहमा सहायक प्रथम स्तरकै ईन्जिनीयरिँग सेवा तर्फ ईलेक्ट्रीकल तर्फ पनि १ जना सव इन्जिनियर माग गरिएको हो । जसको लागि ईलेक्ट्रीकल इन्जिनियरिँग विषयमा डिप्लोमा वा सो सरह उतीर्णको योग्यता माग गरिएको छ । 

ईलेक्ट्रोनिक एण्ड कम्यूनिकेसन तर्फ पाँचौ तहमा सव इन्जिनियर पदको लागि १ जना माग गरिएको हो । जसको लािग ईलेक्ट्रोनिक एण्ड कम्युनिकेसन विषयमा डिप्लोमा वा सो सरहको योग्यता माग गरिएको छ । 

यस्तै, ट्रयाक निरीक्षकमा १ जना, फोरम्यानको लागि २ जना, इलेक्ट्रीसियन २ जना, अमिन सर्भेको लागि १ जना, इएसटिमएमएस को लागि ४ जना, रेल गार्डको लागि ३ जना, टिटिई ३ जना, ग्याँगम्यान ईन्चार्ज ७ जना, कि म्यान ७ जना, हेल्पर मेकानिकल र इलेक्ट्रीकल दुवैमा १ जना र २ जना, पोइन्टस म्यान ७ जना, गेट म्यान २५ जना, ग्याँगम्यान १४ जना, पुस ट्रली चालक २ जना र कार्यालय सहयोगी ८ जना गरी जम्मा १ सय २९ जना माग गरिएको हो । यी पदहरुको लागि चाहिने योग्यता भने विज्ञापनमा हेर्न सक्नुहुनेछ । 

उम्मेदवारको उमेर हदमा अधिकृत स्तरको लागि २१ वर्ष र सहयाक स्तरको पदको लािग १८ वर्ष उमेर पूरा भई ३५ वर्ष उमेर ननाघेको र महिलाको हकमा भने ४० वर्ष उमेर ननाघेको हुुनुपर्ने तथा रेल्वे कम्पनीको पूर्व कर्मचारीको हकमा भने ५५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ । 

उम्मेदवारले आवेदन दिनको लागि रेल्वे कम्पनीको वेभसाईट http://www.nepalrailway.org  मा अनलाईन उपलब्ध हुने जनाइएको छ । आवेदनको लागि असोज १२ गतेसम्म अन्तिम मिति तोकिएको छ । 

दस्तुर तर्फ अधिकृतको लागि १००० रुपैयाँ, सहायक स्तरको लागि ४०० रुपैयाँ र श्रेणी विहिन स्तरको लागि ३०० रुपैयाँ दस्तुर तोकिएको हो । 

दरखास्त र आवेदनको लागि चाहिने कागजातहरुमा नेपाली नागरिकताको प्रमाणपत्र, न्यून्तम शैक्षिक योग्यताको मार्कसिटको फोटोकापी (नेपाल बाहिरको लागि प्रमाणपत्रको हकमा समकक्षता निर्धारण गरिएको प्रमाण), क्यारेक्टर सर्टिफिकेटको फोटोकापी, तालिम तथा अनुभव भएमा श्रेणी र अवधी खुल्ने प्रमाणपत्रको फोटोकापी, हालसालै खिचिएको पासपोर्ट साईजको फोटो माग गरिएको हो । अनुभवीलाई विशेष ग्राहयता दिने विज्ञापनमा उल्लेख छ । 

अनलाईन फारमको लागि नेपाल रेल्वे कम्पनीको एभेरेष्ट बैंकमा रहेको खाता नम्बर ०१३००१०५२०१४५ मा दस्तुर जम्मा गरेको बैंक भौचर स्क्यान गरी राखेर पठाउनुपर्ने छ । 

स्रोत्:न्यूज ब्यूरो

Related Articles

Back to top button
Close