समाचार

सिरहामा २ गाउँ बिच झ*डप : दर्जनौ घा*इते

मेलाको विषयमा दुई टोलवासीबीच झ*गडा, १२ भन्दा बढी घा*इत

सिरहा : मेलाको विषयमा दुई स्थानीय टोलवासीबीच झ*गडा हुँदा सिरहा नगरपालिका १२ सारश्वर गाउँका १२ भन्दा बढी व्यक्ति घा*इते भएका छन्। उनीहरूलाई जिल्ला अस्पताल सिरहामा उ*पचार भइरहेको छ। थप घट*ना बढ्न नदिन प्रहरीले केही व्यक्तिलाई नि*यन्त्र*णमा लिएको छ।

झ*गडामा १६ जना घा*इते भएका छन्। उनीहरूमध्ये फुटन कुजरा, मो तसमिम राईन, मो समसेर राइन, कैउम मियाँ, मो मुस्तुफा मियाँ, मो महेवुल मियाँ, मो मदिना खातुन, मो फईम राईन, मो महिमुल खातुनलाई प्राथमिक उप*चार पछि विराटनगर रिफर गरिएको छ।

जरिना खातुन, मो अब्दुल कादिर, मो जैतुन खातुन, मो साहिद मियाँ, मो अब्दुल रहमान राईन, मोकतार राईनको उपचार जिल्ला अस्पताल सिरहामा भइरहेको छ। घा*इतेहरू मध्ये अधिकांशको टाउको र हातमा का*टिएको छ। जिउमा लठीको डाम देखिएका छन्।

मैन र नटवा टोलका युवाहरूबीच दुर्गा मेला हेर्न गएको बेला विवाद भएको थियो। त्यही विषयमा बल्झिएर झगडाको रुपमा लिएको स्थानीयहरूले बताए। उनीहरूका अनुसार छलफलको माध्यमबाट विवाद सल्ट्याउने सहमति भएको थियो तर तरकारी बेच्न गइरहेका बिपतिया राईनउपर कुट*पिट भएपछि झगडा झन बढेको थियो।

झगडाबारे जानकारी पाएलगत्तै प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी उमा प्रसाद चर्तुवेदीले बताए। दुई टोलबाट सोधपुछका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनले बताए।

झगडा बढ्न नदिन गाउँमा प्रहरी टोली खटाइएको एसपी चतुर्वेदीले बताए।

Related Articles

Close