समाचार

मध्यराती प्रहरी हबल्दार महिलाको घरमा छिरेपछी …

जनकपुरधाम । धनुषामा एक प्रहरी हबल्दार गएराती पक्राउ परेका छन् । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ४ स्थित रहेको ईलाका प्रहरी कार्यालय यदुकूहाका हबल्दार पक्राउ परेका हुन् । 

गएराती हबल्दार एक महिलासँग आपत्तिजनक अवस्थामा पक्राउ परेको स्थानीयहरुले जनाएका छन् । शहिदनगर नगरपालिका वडा नं. ३ यदुकूहा बजार स्थित एक महिलासँग आपत्तिजनक अवस्थामा पक्राउ परेको स्थानीयहरुले बताएका छन् । 

जानकारी अनुसार, ती हबल्दारलाई राती नै स्थानीयहरुले कुटपिट गरी प्रहरीलाई नै जिम्मा लगाएको बताइएको छ ।  उनलाई ईलाका प्रहरी कार्यालय यदुकूहामा जिम्मा लगाइएको हो । 

यता इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपकबाबु केसीले हबल्दार ती महिलाको घरमा जाँदा महिलाले चोर चोर भन्दै हल्ला गरेपछि स्थानीयले पक्राउ गरी जिम्मा लगाएका बताएका छन् । 

Related Articles

Back to top button
Close