समाचार

कुलमानको पुन नियुक्ती प्रधानमन्त्रीले रोकेको भन्ने समाचार झुट, वास्तविकता यस्तो छ !

काठमाण्डौ । नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकेपछी उनको पुन नियुक्तीका लागि यति खेर सामाजिक संझालमा जनताले दबाब दिन थालेका छन् ।

कलाकारहरुले पनि राती ५ मिनेटका लागि बत्ति निभाएर दबाबमूलक अभियान सुरु गरेका छन् तर नेपाली मिडिया भने उनको पुन नियुक्ती प्रधानमन्त्री केपी शर्मा ओली ले रोकेर भनेर भ्रम छर्न बेस्त देखिन्छन ।

हिजो मन्त्रीपरिषदको बैठकमा उनको पुन नियुक्ती हुने निर्णय हुन्छ भन्ने सबैको आकलन थियो तर त्यो भएन किनभने बैठकमा उर्जा मन्त्रालयले नै उनको प्रस्ताव लागेको थिएन । उनको प्रस्ताव नै नगए पछी प्रधानमन्त्रीले उनको नियुक्ती रोक्ने कुरै भएन । कतिपयले प्रधानमन्त्री आलोचित पार्न यो खेल रचिएको बुझेका छन ।

हिजो बैठकमै उपस्थित एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओली घिसिङ प्रति सकारात्मक नै हुनुहुन्छ तर बैठकमा प्रस्ताव नै नलगेपछी यो बारे कसैले बोल्ने नै कुरा भएन । प्रस्ताव नै नलगिएको बिसयमा प्रधानमन्त्रीले रोकेको भनेर मिडियाले समाचार सम्पेषण गर्दा तेस्को आसय के हो सजिलै बुझ्न सकिन्छ उनले थपे ।

त्यस्तै घिसिङकै पुन नियुक्तीको बिसयालाई लिएर नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले उनको पुन नियुक्तीको माग राख्दै टुइट गरेका थिए जसको जवाफ दिदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले काजीलाई प्रश्न गरेका थिए विदा भएका व्यक्तिजो पक्षमा पार्टीका प्रवक्ताको यस खुल्ला लबिङले कतै ….कुम्लो बोकी ठिमीतिर जस्तो पो भयो कि?

Source:pathivarapost

Related Articles

Back to top button
Close