समाचार

‘मु,ख्यमन्त्री रा,ईलाई मेरो श्री,मान हो नाता कायम गराई पाउँ’ भन्दै अदालत पुगेकी महि,लाले लिइन् मु’द्दा फिर्ता

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्व काठमाडौं जिल्ला अदालतमा दर्ता भएको अंश मु’द्दा फिर्ता भएको छ। अंश माग गर्न कसैको दुरु’त्सा’हनमा परी मु’द्दा दायर गरेको भन्दै मु’द्दाको पक्ष रहेकी बालिका खड्काले फिरादपत्र फिर्ता लिएकी हुन्।

खड्काले फिरादपत्रमा आफू राईकी पत्नी रहेको दाबीसहित नाता कायम गरी अंश माग गरेकी थिइन्। यसरी मु’द्दा फिर्ता लिएपछि कतै उजुरबाजुर नलाग्ने कानुनी व्यवस्था छ।

बुधबार दिएको निवेदनका आधारमा अदालतले बुधबारै मु’द्दा फिर्ताको आदेश दिएको हो। राईसँग अंश माग गर्न पतिपत्नीको नाता कायम भएको वा हुन सक्ने कुनै आधार प्रमाण नभएको तथा त्यस्तो कुनै सम्बन्धसमेत नरहेको दाबी खड्काको निवेदनमा छ।

आफूले लिएको अंश दाबी साबित गर्न नसक्ने भएकाले खड्काले दिएको निवेदनका आधारमा अदालतले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९६ बमोजिम मु’द्वा फिर्ताको आदेश दिएको हो। खड्काले आफू अरुको उक्साहटमा परेर मु’द्दा हालेको बताउँदै निवेदनमा गल्ती स्वीकार गरेकी छन्। यो समाचार अन्नपुर्णपोष्टमा प्रकाशित छ ।

Related Articles

Back to top button
Close